दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कायापलटले सप्तरीको शम्भुनाथ नगरपालिका ६ र ७ मा फोहोर र प्रदूषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै आइतबार वृहत प्रदर्शन गरेको छ ।
अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा प्ले कार्डसहित जुलुस प्रदर्शन गर्दै युवाहरूले “प्लाष्टिक म्यान क्याम्प्यिन”को आयोजना गरेको छ ।
जुलुसमा सहभागीहरूले पृथ्वीको संरक्षण गरौं, भविष्य जोगाऔ,ं प्लाष्टिक प्रयोग नगरौ, जथाभावी फोहोर नफालौ, हरित गृह ग्यास उत्सर्जन बन्द गरौ, वायु प्रदूषण अन्त्य गरौलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
सहभागीहरूले सडकमा हिडिरहेका नागरिकहरूसँग वातावरण संरक्षणको आवश्यक्ता र नागरिकको जवाफदेहिता बारे छलफल समेत गरेका थिए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, कार्यक्रम संयोजक वरुण वस्याल, शिक्षकहरू, कायापलटका अभियन्ताहरू, मधेश प्रदेशस्तरीय र शम्भुनाथ नगरस्तरीय मानवअधिकार समूहका पदाधिकारीहरू, बालअधिकार सचेतना समूह सदस्यहरूको सहभागिता रहेको थियो ।
फोहोर र प्रदुषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
सारांश
- अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा प्ले कार्डसहित जुलुस प्रदर्शन गर्दै युवाहरूले “प्लाष्टिक म्यान क्याम्प्यिन”को आयोजना गरेको छ ।
- जुलुसमा सहभागीहरूले पृथ्वीको संरक्षण गरौं, भविष्य जोगाऔ,ं प्लाष्टिक प्रयोग नगरौ, जथाभावी फोहोर नफालौ, हरित गृह ग्यास उत्सर्जन बन्द गरौ, वायु प्रदूषण अन्त्य गरौलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
- सहभागीहरूले सडकमा हिडिरहेका नागरिकहरूसँग वातावरण संरक्षणको आवश्यक्ता र नागरिकको जवाफदेहिता बारे छलफल समेत गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया