दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता दिएको प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार राम शुक्रवार ५० हजार धरौटी बुझाएका छन् । सो धरौटी बुझाएपछि उनी पक्राउबाट जोगिएका छन् ।
उनी सहित सो प्रकरणमा २६ जना विरुद्ध सप्तरी जिल्ला अदालतले गत बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
राम स्वयम् अदालतमा हाजिर भएपछि भएको थुनछेक बहस पश्चात न्यायाधिश हरिशचन्द्र इंङ्गनामको इजलासले ५० हजारको धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
योसँगै उक्त प्रकरणका ५ जना आरोपि धरौटी बुझाएर हाल सम्म मुक्त भएका छन् भने २१ जना अझै फरार छन् ।
२०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सुर्य नारायण यादवको छोरा सतिष यादवको नेपाली नागरिकता जारी भएकोमा सतिष यादव सूर्यनारायण यादवको छोरा नभएको र झुठ्ठा विवरण पेश गरी नागरिक्ता दिइएको भन्दै दर्ता भएको अभियोग पत्रमा अधिकृत राम समेत प्रतिवादि रहेका छन् ।
नागरिक्ता जारी भएका बेला प्रशासकिय अधिकृत राम जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत थिए । हाल उनी विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमा वहाल छन् । उनी केही दिनअघि मात्र विष्णुपुर गाउँपालिकामा सरुवा भई सो जिम्मेवारी प्राप्त गरेका छन् । उनले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा अनाहकमा आफ्नो नाम जोडिएको दावी गर्दै आएका छन् ।
अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त प्रकरणका आरोपि २६ जना मध्ये राजविराज नगरपालिका ११ का वडा अध्यक्ष उदित नारायण यादव, झुठ्ठो विवरण पेश गरी नागरिक्ता लिएका सतिष र उनका बुवा दावि गरिएका सूर्यनारायण यादव जनही १÷१ लाख तथा स्थानीयवासी राधेश्याम यादव २५ हजार धरौटी बुझाएर रिहा भइसकेका छन् ।
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
सारांश
- उनी सहित सो प्रकरणमा २६ जना विरुद्ध सप्तरी जिल्ला अदालतले गत बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
- राम स्वयम् अदालतमा हाजिर भएपछि भएको थुनछेक बहस पश्चात न्यायाधिश हरिशचन्द्र इंङ्गनामको इजलासले ५० हजारको धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
- योसँगै उक्त प्रकरणका ५ जना आरोपि धरौटी बुझाएर हाल सम्म मुक्त भएका छन् भने २१ जना अझै फरार छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया