दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक राष्ट्रपतिद्वारा भएको प्रमाणिकरणसँगै अब आफ्नै मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।
राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लडिरहनु पर्ने अवस्था सदाका लागि अन्त्य हुने विश्वास ब्यक्त गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद समेत दिए ।
प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष यादवले मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति विगतमा सडकदेखि सद्नसम्म लामो संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलाउन सफल भएको स्मरण पनि गरे ।
यसअघि अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ्ग भवनको उनले उद्घाटन गरेका थिए । कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा उक्त नसिंङ कलेज भवनको निर्माण भएको हो ।
गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङ्गको कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ ।
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
सारांश
- राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
- उनले अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लडिरहनु पर्ने अवस्था सदाका लागि अन्त्य हुने विश्वास ब्यक्त गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद समेत दिए ।
- प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष यादवले मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति विगतमा सडकदेखि सद्नसम्म लामो संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलाउन सफल भएको स्मरण पनि गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया