शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

राजविराज राजविराज
|
आइतबार, कार्तिक ११, २०७५
|
|
३९ पटक हेरिएको
Shares
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा आइतबार आयोजित कार्यक्रममा समन्वय समितिका सभापति प्रभाकर यादवले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरे ।
  • सो अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्ट, स्थानिय तहका अध्यक्ष, प्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, गैससका अध्यक्ष, संचारकर्मी लगायतको उपस्थिति थियो ।
  •       सोही अनुसार उक्त कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
    नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ ।
    जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा आइतबार आयोजित कार्यक्रममा समन्वय समितिका सभापति प्रभाकर यादवले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्ट, स्थानिय तहका अध्यक्ष, प्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, गैससका अध्यक्ष, संचारकर्मी लगायतको उपस्थिति थियो । 
    सोही अनुसार उक्त कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिएको छ ।
    समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रमलगायतका विषय समेटिएका छन् ।
    ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको हो । 
    गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी उपरिक्षक विष्टले जानकारी दिए । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ ।
    यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरी उपरिक्षक विष्टको भनाइ छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह