सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित

सारांश

  •     नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक र विद्यालय कर्मचारी विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गएपछि १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका हुन् ।
  •       सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा उत्रेका कारण विगत चार दिनदेखि सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ ।
  •       शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डलले ती विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखी १२ का १ लाख ३४ हजार २ सय ३० विद्यार्थीको पढाई अवरुद्ध बनेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 

    सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयमा अध्ययनरत १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका छन् । 
    नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक र विद्यालय कर्मचारी विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गएपछि १ लाख भन्दा बढी बालबालिका पठन पाठनबाट बञ्चित भएका हुन् । 
    सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी आन्दोलनमा उत्रेका कारण विगत चार दिनदेखि सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ । 
    शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डलले ती विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखी १२ का १ लाख ३४ हजार २ सय ३० विद्यार्थीको पढाई अवरुद्ध बनेको जानकारी दिए । 
    जिल्लाको ४ सय ३९ सामुदायिक विद्यालयमा कार्यरत १ हजार ५ सय ९३ शिक्षक मध्ये अधिकांश नेपाल शिक्षक महासंघको आह्वानमा गरिएको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन त्यस तर्फ गएका छन् । जस कारण जिल्लाका सबै सामुदायीक विद्यालय विगत चार दिन देखी सुनसान रहेको विद्यार्थी र अभिभावकहरुले बताएका छन् । 
    गत भदौ २७ गते संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामा विमती राख्दै शिक्षकहरुले आन्दोलन चर्काएका हुन । 
    काठमाडौंमा रहेका सप्तरीका शिक्षक तथा नेपाल शिक्षक महासंघका विशिष्ट केन्द्रिय सदस्य मनोज मण्डलले शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयक प्रावधानहरु माग अनुसार सरकारले सच्याए मात्र जिल्ला फर्किने बताएका छन् । 
    उनले विधेयकमा शिक्षकको नियुक्ती, सरुवा बढुवा, कार्यसम्पादन, मुल्याँकन, कारवाहीमा स्थानीय तहलाई भुमिका दिएकोमा मान्य नरहेको भन्दै स्थानीयतहलाई शिक्षकको रेखदेख र नियमन गर्ने अधिकार दिदा जनप्रतिनिधीबाट मनोमानी हुने बताए ।
    नेपाल टे«ड युृनियक काँग्रेस सप्तरीका अध्यक्ष समेत रहेका उनले यो भुमिका केन्द्र वा त्यस अन्तर्गतको शिक्षा कार्यालय वा प्रदेश सरकार मातहत हुनु पर्ने आफुहरुको माँग रहेको बताए । उनले काठमाण्डौंमा सरकार संग वार्ता र आन्दोलन दुबै साथ चलिरहेको जानकारी समेत दिए । 
    शिक्षक र विद्यालय कर्मचारीको आन्दोलनका कारण सामुदायीक विद्यालय सुनसान देखिएपनि यहाँका निजी विद्यालयको पठन पाठन भने रोकिएको छैन । जसकारण सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राका साथै उनका अभिभावक पनि निराश भएका छन् । 
    विद्यार्थीको पढ्ने अधिकार हनन् नहुने गरी सरकार, शिक्षक र सबै सरोकारवालाहरु सँग गम्भिर छलफल गरी यस समस्याको सिघ्र समाधान खोज्न यहाँका अभिभावक तथा विद्यार्थीले माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे मोटरसाइकल र साडी बरामद
वेवारिसे मोटरसाइकल र साडी बरामद
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
दुर्घटनामा एकको मृत्यु,  एकको अवस्था गम्भिर
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट
जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह