दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको एक सय थान वाकीटकी सेट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राती छिन्नमस्ता गाउँपालिका वडा नं. २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको हो ।
गस्तिमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउँकोमा बोकेर ल्याउँदै गरेका एक ब्यक्ति भने सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंहले जानकारी दिएका छन् ।
बाकीटकी सेट ल्याउने व्यक्तिको खोजिकार्य भइहरेको तथा कुन प्रयोजनका लागि वाकीटकी सेट ल्याइएको भन्ने बारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
करिब ८ लाख मुल्य बराबरको उक्त वाकीटाकी आइतबार आवश्यक कारवाही प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको उनले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीद्वारा एक सय थान वाकीटाकी बरामद
सारांश
- सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राती छिन्नमस्ता गाउँपालिका वडा नं.
- २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको हो ।
- गस्तिमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउँकोमा बोकेर ल्याउँदै गरेका एक ब्यक्ति भने सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया