शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ९, २०८०
|
|
२९ पटक हेरिएको
Shares
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव

सारांश

  •     विजया दशमी दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा मधेसको शैक्षिक अवस्था सम्बन्धि बिहीबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।
  •       कार्यक्रममा उनले शिक्षकको अभावमा शिक्षा क्षेत्र झन धरापमा परेकोले शिक्षक परिपूर्ति गर्न एकदमै आवश्यक रहेको जोड दिए ।
  • मधेसको सबै भाग साक्षर बनाउने यसपालिको नीति तथा कार्यक्रममा राखिएकोले धरातल बेस मानेर नीति ल्याएको उनले जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 

    मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले शिक्षा क्षेत्र सुधारका लागि तत्काल शिक्षक दरवन्दी ल्याउने बताएका छन् ।
    विजया दशमी दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा मधेसको शैक्षिक अवस्था सम्बन्धि बिहीबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । 
    कार्यक्रममा उनले शिक्षकको अभावमा शिक्षा क्षेत्र झन धरापमा परेकोले शिक्षक परिपूर्ति गर्न एकदमै आवश्यक रहेको जोड दिए । मधेसको सबै भाग साक्षर बनाउने यसपालिको नीति तथा कार्यक्रममा राखिएकोले धरातल बेस मानेर नीति ल्याएको उनले जानकारी समेत दिए ।
    प्रदेश स्तरीय नमुना बिद्यालय बनाउने वजेटमा ल्याईएको जानकारी दिदै उनले संघीय सरकारले शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरिरहेकोले पनि शिक्षा क्षेत्र पछाडि परेको अनुभुुति भएको उल्लेख गरे । आधुनिक शिक्षा श्रृजनात्मक र अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षा प्रतिस्पर्धात्मक हुनुपर्ने उनको जोड थियो । 
    कार्यक्रमका विशिष्ट अतिथि निर्वाचन आयोगका पूर्वआयुक्त डा. अयोधी प्रसाद यादवले नयाँ शिक्षा नीति ल्याएर व्यबहारमा कार्यान्वयन गर्नसके मात्र शिक्षा क्षेत्रले फड्को मार्ने बताए ।
    कार्यक्रममा श्री जमावि बेतहा भवानीपुर सिरहाका प्र. अ. रामविलास यादवले मधेस प्रदेशको शैक्षिक अवस्था एक विश्लेषण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा कार्यपत्रको विषयमा टिप्पणी अमरकान्त झाले गरेका थिए ।
    कार्यक्रममा राजश्री जनक विश्वविद्यालयका उपकुलपति प्राडा अमर यादव, म.वि.व क्याम्पसका प्रमुख राजिव मिश्र, पूर्व क्याम्पस प्रमुख अमरकान्त झा, पूर्व सांसद लक्ष्मी कुमारी चौधरी, म.वि.व क्याम्पसका पूर्व स्ववियु सभापति केदार यादव, जिल्ला वारका पूर्व अध्यक्ष डोमन साह लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
    प्रज्ञा प्रतिष्ठानका सदस्य डा. सूर्य प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत पत्रकार सुधा देवले दिएकी थिईन् । कार्यक्रमको आयोजना बौद्धिक सहयोगी हातले गरेको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
घटस्थापनासँगै वडा दशै शुरु
घटस्थापनासँगै वडा दशै शुरु
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह