दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
प्रेम प्रसँगको विषयलाई लिएर हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई बिहीबार कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशले सप्तरीको खडक नगरपालिका ११ बनौलीकी ३० वर्षिया विणा देवी यादव, ३४ वर्षिय राम प्रकाश यादव, ३६ वर्षिय डम्बर नारायण साह र ४० वर्षिय छोटे लाल भन्ने धर्म देव साहलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलाशले उनीहरु विरुद्ध परेको मुद्दामा थुनछेक वहस पछि पुर्पक्षका लागी थुनामा पठाउने आदेश जारी गरेको हो । उनीहरुमाथी सोही वडाका १८ वर्षिय युवा मो. अजिमुद्दिनको हत्या गरेको आरोप छ ।
घटना विवरण अनुसार मेला हेर्न भनी गत भदौ २१ गते घरबाट निस्केका सोही वडा निवासी १८ वर्षिय अजिमुद्धिन बेपत्ता थिए । परिवार तथा प्रहरीले खोजी कार्य तिब्र बनाएका बेला वेपत्ता भएको २१ दिन पछि १२ असोजमा हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय राम प्रसाद यादवले संचालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।
अनुसन्धानका क्रममा एक बालिका संग भएको प्रेम सम्बन्ध कै कारण अजिमुद्धिनको हत्या भएको तथा सो घटनामा ती चार जनाको संलग्नता रहेको खुलासा भएको थियो ।
कारागार चलान हुने मध्ये एक जना मृतकको प्रेस सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाई छ । स्थानीय हिरा फेकनी माध्यमिक विद्यालय बनौलीबाट यसै वर्ष एसइइ परिक्षा दिएका अजिमुद्धिनको सोही विद्यालयमा कक्षा ८ मा पढने एक बालिका संग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
अजिमुद्दिन हत्याका चार जना आरोपी कारागार चलान
सारांश
- सप्तरी जिल्ला अदालतको आदेशले सप्तरीको खडक नगरपालिका ११ बनौलीकी ३० वर्षिया विणा देवी यादव, ३४ वर्षिय राम प्रकाश यादव, ३६ वर्षिय डम्बर नारायण साह र ४० वर्षिय छोटे लाल भन्ने धर्म देव साहलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
- न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलाशले उनीहरु विरुद्ध परेको मुद्दामा थुनछेक वहस पछि पुर्पक्षका लागी थुनामा पठाउने आदेश जारी गरेको हो ।
- उनीहरुमाथी सोही वडाका १८ वर्षिय युवा मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया