नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती

राजविराज राजविराज
|
मंगलबार, मंसिर १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती

सारांश

  •     प्रेस युनियन सप्तरीका पुर्व सभापती समेत रहेका पत्रकार ओम प्रकाश साहद्वारा संचालित उक्त प्रेसमा विहान १० बजेतीर अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।
  •       आगलागीबाट १० लाख बराबर क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
  • राजविराज नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा १ घन्टाको प्रयास पछी आगोमाथी नियन्त्रण कायम गरि थप क्षतीबाट जोगाइएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।

    राजविराज नगरपालिका वडा ७ स्थित नेहा अफसेट प्रेसमा सोमवार विहान आगलागी भएको छ । 
    प्रेस युनियन सप्तरीका पुर्व सभापती समेत रहेका पत्रकार ओम प्रकाश साहद्वारा संचालित उक्त प्रेसमा विहान १० बजेतीर अचानक विद्युत सर्ट भई आगलागी भएको हो । 
    आगलागीबाट १० लाख बराबर क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । राजविराज नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा १ घन्टाको प्रयास पछी आगोमाथी नियन्त्रण कायम गरि थप क्षतीबाट जोगाइएको प्रहरीले जनाएको छ । 
    आगलागीमा ३ थान कम्प्युटर, ३ थान प्रिन्टर, फर्निचर, आवश्यक कागजात लगायतका समाग्रीहरु जलेर नष्ट भएको प्रेसका कर्मचारी राजेश चौधरीले बताए । 
    काम विशेषले बजार तिर निस्केको तथा प्रेसमा कोही नभएको वेला अचानक आगालगी हुँदा समय मै नियन्त्रणको उपाय नभएकाले बढी क्षती हुन पुगेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?