स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०८०
|
|
२० पटक हेरिएको
Shares
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै

सारांश

  •     सुरूङ्गा नगरपालिका ८ महुलियाको राष्ट्रिय आधारभुत बिधालयको कक्षाको मर्मत सम्भार, बालबिकासको शैक्षिक सामग्री, टिफिन बक्स र खाजा खाने केन्टिन, शुद्व खानेपानी ब्यबस्थापन लगायतमा सहयोग पु¥याएपछि बिधालयको मुहार फेरिएको हो ।
  •     गुणस्तरिय शिक्षामा टेवा पु¥याउन बिधालयमा बालवालिकाहरूलाई टिकाउन र बिकाउनका लागी सबल नेपालले शैक्षिक सामग्री, सरसफाई, चर्पी सुधार, कक्षा कोठामा लो हाईट टेवलको ब्यबस्था, कक्षामा लेख्नु वोर्ड मार्कर, दैनिक रूपमा हाजरीको ह्वाईट बोर्ड ब्यबस्थापन सहयोग गरेपछि बिधालयको शैक्षिक अबस्था सुधार हुँदै गएको बिधालयका प्राधानाध्यापक नरिसंह चौधरी बताउछन ।
  •     सबल नेपाल र सेभद चिल्ड्रेनको साझेदारी तथा सुरूङ्गा नगरपालिकाको सम्झदारीमा संचालित समुन्ती कार्यक्रम अन्तर्गत नगर कार्यक्रम सल्लाहाकार समितिद्वारा संयुक्त अनुगमन कार्यक्रममा बिधालयहरूले सो जानकारी दिइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस ।

    सप्तरीको सुरूङ्गा नगरपालिकामा सबल नेपालले शिक्षा, स्वास्थ र कृषीमा सहयोग पु¥याएपछि समुदायमा मुहार फेरिदै गएको छ ।
    सुरूङ्गा नगरपालिका ८ महुलियाको राष्ट्रिय आधारभुत बिधालयको कक्षाको मर्मत सम्भार, बालबिकासको शैक्षिक सामग्री, टिफिन बक्स र खाजा खाने केन्टिन, शुद्व खानेपानी ब्यबस्थापन लगायतमा सहयोग पु¥याएपछि बिधालयको मुहार फेरिएको हो ।
    गुणस्तरिय शिक्षामा टेवा पु¥याउन बिधालयमा बालवालिकाहरूलाई टिकाउन र बिकाउनका लागी सबल नेपालले शैक्षिक सामग्री, सरसफाई, चर्पी सुधार, कक्षा कोठामा लो हाईट टेवलको ब्यबस्था, कक्षामा लेख्नु वोर्ड मार्कर, दैनिक रूपमा हाजरीको ह्वाईट बोर्ड ब्यबस्थापन सहयोग गरेपछि बिधालयको शैक्षिक अबस्था सुधार हुँदै गएको बिधालयका प्राधानाध्यापक नरिसंह चौधरी बताउछन ।


    सबल नेपाल र सेभद चिल्ड्रेनको साझेदारी तथा सुरूङ्गा नगरपालिकाको सम्झदारीमा संचालित समुन्ती कार्यक्रम अन्तर्गत नगर कार्यक्रम सल्लाहाकार समितिद्वारा संयुक्त अनुगमन कार्यक्रममा बिधालयहरूले सो जानकारी दिइएको हो ।
    यस्तै वडा नं. ८ कै आधारभुत बिधालय मलहनमाको बिधालयको रंगरोवन, शुद्व पानीको ब्यबस्थापन, बालबिकासमा पठनपाठनको लागी शैक्षिक सामग्री, वालमैत्री चर्पी, अपाङमैत्री चर्पि लगायतमा सहयोग गरेको छ ।
    बिधालयको भौतिक पुर्वाधार, गुणस्तरिय शिक्षामा सुधार ल्याउन शैक्षिक सामग्री सहयोग तथा कक्षा ब्यबस्थापनमा पु¥याएको योगदानले वालवालिकाको शिक्षण सिकाईमा टेवा पुग्ने अनुगमनमा सहभागी प्रमुख प्रशासकिय अधिकृत भिमराज कोईरालाले बताए ।
    उक्त टोलीले सुरूङ्गा नगरपालिका १ स्थित स्वास्थ चौकी पिप्रा पश्चिममा सबल नेपालले स्वास्थ सेवामा सहज बनाउन बरथिंग सेन्टर संचालनका लागि चाहिने स्वास्थ सामग्री सहयोग गरेपछि नियमित संचालन आएको सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले बताउछन ।
    स्वास्थ सामग्री प्रदान गरेपछि अहिले स्वास्थ चौकीमा २४ घण्टा सुत्केरी सेवा संचालन आएको स्वास्थ चौकी ईन्चार्ज सचिन चौधरीले जानकारी दिए । चालु आ.ब. मा प्रत्येक महिना ९ देखि १० जना सम्म डेलिभरी सेवा लिन आउन गरेको उनले बताउँदै उदयपुर गडी गाउपालिका र त्रियुगा नगरपालिकाबाट पनि सेवा लिन आउने गरेको उल्लेख गरे ।
    सबल नेपालले बर्थिंग संचालन गर्न बेड, ट्रली, ड्रेसिंग, प्केट, एनसि चेक अपलबेड, डेलिभरी बेड, दराज, शुद्व पानी ब्यबस्थापन गर्न समेत डेलिभरी गराउन चाहिने सम्पुर्ण सामग्री सहयोग गर्दै आएको सबल नेपालका अध्यक्ष जुना गिरीले बताईन ।
    सुरुङ्गा नगरपालिकाले २ को कमलपुरस्थित चन्द्रमुखी कृषक समुहले सामुहिक तरकारी खेती भाण्टा, धनिया, फुलकोबी बार्षिक डेढ लाखदेखि ६ लाख आम्दानी हुने गरेको समुहका सदस्य जितेन्द्र प्रसाद यादबले बताउछन ।
    उक्त अनुगमन टोलीमा सुरूङ्गा नगरपालिका ४ का वडा अध्यक्ष देवेन्द्र चौधरी, वडा ८ का श्याम साह, वडा २ का छत्र बहादुर राउत, स्वास्थ संयोजक दशन चौधरी, सहसंयोजक भूषण सुनरैत यादब, शिक्षा अधिकृत हिरालाल राणा, महिला तथा वालवालिका शाखा प्रमुख रिंकु यादब, सबल नेपाल अध्यक्ष जुना गिरी, फिल्ड अधिकृत अर्चना यादब, बाल संजालका सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह