ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार

राजविराज राजविराज
|
बुधबार, माघ ३, २०८०
|
|
२० पटक हेरिएको
Shares
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार

सारांश

  •     धार्मिक कार्यक्रमका क्रममा मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका उनले काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ता तथा संचारकर्मीहरुसँगको भेटघाटका क्रममा यस्तो दाबी गरेका हुन् ।
  • उनले राज्यले आफूलाई षडयन्त्रपूर्वक फसाउन खोजेको गुनासो समेत गरे ।
  •       नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारले भने, “तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा म भौतिक पूर्वाधार मन्त्रीको हैसियतले ललिता निवासको जग्गा बारे मन्त्री परिसद्मा प्रस्ताव लगेको थिए ।

दैनिक समाचारदाता
राजविराज, २, माघ ।

    पूर्वउपप्रधानमन्त्री बिजय कुमार गच्छदारले आफूले ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि नलिएको दाबी गरेका छन् । 
    धार्मिक कार्यक्रमका क्रममा मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका उनले काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ता तथा संचारकर्मीहरुसँगको भेटघाटका क्रममा यस्तो दाबी गरेका हुन् । उनले राज्यले आफूलाई षडयन्त्रपूर्वक फसाउन खोजेको गुनासो समेत गरे । 
    नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारले भने, “तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा म भौतिक पूर्वाधार मन्त्रीको हैसियतले ललिता निवासको जग्गा बारे मन्त्री परिसद्मा प्रस्ताव लगेको थिए ।” उनले भने, “मन्त्री परिषद्को निर्णय एकल ब्यक्तिको नभईकन सरकारकै हो, तर मलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको हो ।”
    झण्डै ५३ सालको सक्रिय राजनीति जिवनमा पटक–पटक गरि १४ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सफलतापूवर्क निर्वाह गरेको स्मरण सुनाउँदै नेता गच्छदारले हाल यो मुद्दा न्यायालयमा रहेकोले आफूले न्याय पाउने विश्वास समेत व्यक्त गरे । 
    निर्वाचनमा पराजय भोग्नु र सक्रिय राजनीतिमा लागेर जनता सेवामा समर्पित हुनु बेग्ला बेग्लै पाटो रहेको जिकिर गर्दै आफू पराजय हुनुमा राजनीतिक उतार चढाव रहेको उनले बताए ।  
    नेपाली काँग्रेस पार्टीप्रति पनि नेता कार्यकर्ताको आ–आफ्नै असन्तुष्टि रहेकोले यो असन्तुष्टि कुनै नेता विशेषले मात्र नसच्याउन सक्ने बताउँदै उनले यसका लागि सिंगो पार्टी नै गम्भिर बन्नु पर्नेमा जोड दिए । 
    यस्तै मुलुकमा अहिले ठूला दलहरुप्रति जनताको असन्तुष्टि बढ्दै गएको उनले उल्लेख गरे । उनले जनता राजनीतिक दलहरुसँग असन्तुष्ट रहेकोले ती राजनीतिक दलहरु सच्चिनु जरुरी रहेको बताए । यसअघि नेता गच्छदार जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरको हनुमान मन्दिर र छिन्नमस्ता शक्तिपीठमा पूजापाठ गरेका थिए । 
    पार्टीका जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेश यादव, तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरी, जिल्ला सचिव सनत मण्डल, यूवा नेता इर्साद अन्सारी लगायत काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले तिलाठीवासीको घरमा जमेको लेदोका कारण जनजिवन कष्टकर 
बाढीले तिलाठीवासीको घरमा जमेको लेदोका कारण जनजिवन कष्टकर 
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
नगरका सडकहरु डुवानमा
नगरका सडकहरु डुवानमा
मर्मत सम्भारको माग गर्दै चक्काजाम
मर्मत सम्भारको माग गर्दै चक्काजाम
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय