ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना

राजविराज राजविराज
|
आइतबार, माघ १४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना

सारांश

  •     बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई सहकारी पीडितलाई न्याय दे लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै प्रदर्शनपछि जिल्ला स्वास्थ्य कार्यालय अगाडी धर्ना दिएका छन् ।
  •       संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेको बताएका छन् ।
  •       महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात जिल्ला स्वास्थ्य कार्यालयमा पुगि धर्नामा परिणत भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १४ माघ ।

    राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लि. बाट पीडित भएका बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आइतबार प्रदर्शनसहित धर्ना दिएका छन् । 
    बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई सहकारी पीडितलाई न्याय दे लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै प्रदर्शनपछि जिल्ला स्वास्थ्य कार्यालय अगाडी धर्ना दिएका छन् । 
    संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेको बताएका छन् । 
    महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात जिल्ला स्वास्थ्य कार्यालयमा पुगि धर्नामा परिणत भएको थियो । उनीहरुले तत्कालिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिजय झाको दबाबमा खाता खोल्न लगाइएको भन्दै बचतकर्ता आमा समूहकी महिला स्वमसेविकाहरुले दुई घण्टा स्वास्थ्य कार्यालयमा धर्ना समेत दिए ।  
    २६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?