हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, माघ १९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार त्यस क्षेत्रमा चोरी सिकारी भईरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले झालाई चोरी सिकारी गरी मारेको दुई वटा हरिणको अखेटोपहार (ताजा मासु) तथा १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
  •       झाले हरिणको शिकार गरेपछि दुई वटा बोरामा काटेर राखेको ३५ केजी मासु पनि बरामद भएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 

    दुई वटा हरिण मारेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई हतियार तथा अन्य उपकरणसहित पक्राउ गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई प्रहरीले पक्राउ गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार त्यस क्षेत्रमा चोरी सिकारी भईरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले झालाई चोरी सिकारी गरी मारेको दुई वटा हरिणको अखेटोपहार (ताजा मासु) तथा १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोली सहित पक्राउ गरेको छ । 
    झाले हरिणको शिकार गरेपछि दुई वटा बोरामा काटेर राखेको ३५ केजी मासु पनि बरामद भएको उनले बताए ।
    झाको साथबाट जंगली जनावरको शिकार गर्न प्रयोग गरिने लाईट १ म्यागजिन २, गनस्टेन १ र क्यामेरा एक थान समेत बरामद गरिएको उनले जानकारी दिए । 
    झालाई शुक्रवार नै बरामद समानसहित थप कारवाहीका लागी डिभिजन बन कार्यालय सप्तरीलाई बुझाइएको डिएसपी नेउपानेले जानकारी दिए ।
    डिभिजन बन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले हरिणलाई चोरी सिकारीले मारेको देखिएकाले झा माथी बन ऐन २०७६ अनुसारको कारवाही प्रक्रिया अघि बढ्ने बताए । उक्त हरिण कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट चरणका क्रममा कोशी बाँध तिर पुगेको अनुमान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
वडाअध्यक्ष साहको निधन
वडाअध्यक्ष साहको निधन
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
जन ज्योतिको पदस्थापना तथा सपथग्रहण सम्पन्न
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो