दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
दुग्ध उत्पादक किसानहरुले विहीवार सप्तरीको महुली सडकखण्डमा प्रर्दशनसहित सडक जाम गरेका छन् । पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै सयौंको संख्यामा उपस्थित किसानहरुले दुध ढुवानी गर्ने ट्याँकर सडक मै ते¥स्याएर प्रर्दशन र चक्का जाम गरे ।
दुध वापतको करौडो रुपैया भुक्तानी, भारतबाट अवैध रुपमा भित्रिने गरेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक, दुधको मूल्यमा एकरुपता लगायतका विभिन्न माग राखी उनीहरु आन्दोलनमा उत्रेका हुन् । दुधको ट्याँकरलाई सडक मै तेस्र्याएर अवरोध गरेपछि दिउँसो १२ बजेदेखि दिउसो १ बजे सम्म राजमार्गको आवागमन पुर्णरुपमा ठप्प बन्यो ।
दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले यस अघि घोषणा गरेको सडक मै दुध पोखेर विरोध गर्ने कार्यक्रम परिवर्तन गरी चक्का जामका कारण रोकिएका सवारी सधानका यात्रुलाई दुधको गोरख बनाएर खुवाएका छन् ।
दुधलाई पोखेर नस्ट गर्नूृ भन्दा अरुलाई निःशुल्क खुवाउनु नै उचित हुने भनी दुग्ध उत्पादक किसानहरुको सुझाव आएपछि सडकमा दुध पोख्ने कार्यक्रम परिवर्तन गरिएको संघर्ष समितिका संयोजक दिपेन्द्र कुमार आर्चायले बताए ।
सडक मै नाचगान गरेर विरोध जनाएका आन्दोलनकारीहरुले दुधको ८ करोड भन्दा बढी बाँकी बक्यौता भुक्तानी गर, दूधको मुल्यमा एकरुपता कायम गर, कृषिमा विचौलियाको अन्त्य गर, भारतीय दुधको प्रवेशमा रोक लगाउ, स्वदेशी उत्पादकलाई प्रोत्साहन गर लगायतका नारा अंकीत प्लेकार्र्ड सहित नाराबाजी समेत गरे ।
सरकारको ध्यानाकर्षण गराउन आफुहरु यस किसिमको सडक संर्घषमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक आर्चायको भनाई छ । उनले धर्ना र सडक जाम लगायतका कार्यक्रमबाट पनि सरकारले समस्या समाधानका लागी गम्भिरता नदेखाए फागुन २१ देखि काठमाण्डौ माईतीघर मण्डेलमा पुगी आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
दुग्ध उत्पादक किसानहरुले सरकारी स्वामित्वमा रहेको विराटनगर स्थित दुग्ध विकास संस्थान वितरण आयोजनामा ४ करोड तथा अन्य निजी डेरी उधोगमा ४ करोड गरी किसानहरुले बेचेको दुधवापत ८ करोड रुपैया विगत ९ महिना देखि भुक्तानी पाउन नसकेको बताएका छन् ।
दुग्ध उत्पादक किसानहरुको समस्यालाई लिएर पटक÷पटक स्थानीय प्रशासनदेखि संघिय सरकार सम्म लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै पहल नभएको किसानहरुको गुनासो छ ।
मधेश प्रदेशका ८ जिल्ला मध्ये सबै भन्दा बढी सप्तरीमा दुध उत्पादन हुने गरेको छ । दुग्ध उत्पादक सहकारी संस्था सप्तरीका अनुसार जिल्लामा दैनिक २५ हजार लिटर दुध उत्पादन हुने गरेको छ । जुन मधेश प्रदेश मै सबै भन्दा बढी हो ।
विरोधका लागी सडकमा पोख्न तयार गरिएको दुध गोरख बनाएर यात्रुलाई खुवाइयो
सारांश
- दुध वापतको करौडो रुपैया भुक्तानी, भारतबाट अवैध रुपमा भित्रिने गरेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक, दुधको मूल्यमा एकरुपता लगायतका विभिन्न माग राखी उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
- दुधको ट्याँकरलाई सडक मै तेस्र्याएर अवरोध गरेपछि दिउँसो १२ बजेदेखि दिउसो १ बजे सम्म राजमार्गको आवागमन पुर्णरुपमा ठप्प बन्यो ।
- दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले यस अघि घोषणा गरेको सडक मै दुध पोखेर विरोध गर्ने कार्यक्रम परिवर्तन गरी चक्का जामका कारण रोकिएका सवारी सधानका यात्रुलाई दुधको गोरख बनाएर खुवाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया