अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी

राजविराज राजविराज
|
सोमबार, चैत्र ५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी

सारांश

  •     सप्तरीमा पालिकागत हिसाबले सबैभन्दा बढी बोदेबरसाइन नगरपालिकाबाट ६७ बटा भ्रष्टाचारको उजुरी परेको छ भने राजगढबाट सबैभन्दा कम ७ वटा उजुरी परेको छ ।
  •       अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीद्वारा सोमबार राजविराजमा आयोजित “भ्रष्टाचार विरुद्धको सहर्कायःसुशासनका लागि अपरिहार्य” विषयक कार्यक्रममा आयोगका क्षेत्रिय प्रमुख सुरेश न्यौपानेले कार्यक्रममा भ्रष्टाचारको सर्वाधिक उजुरी पर्ने जिल्लामा सप्तरी पहिलो र पाँचथर अन्तिममा परेको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
  •      यस्तै जिल्लाको राजविराज नगरपालिकाबाट ६४, डाक्नेश्वरी नगरपालिकाबाट ५२, महादेवा गाउँपालिकाबाट ४३, रुपनी गाउँपालिकाबाट ३९, कंचनरुप नगरपालिकाबाट ३१, सप्तकोशी नगरपालिकाबाट ३०, सुरुङ्गा नगरपालिकाबाट २९, हनुमाननगर कंकालिनी नगरपालिकाबाट २७, विष्णुपुर गाउँपालिकाबाट २१, बलान विहुल गाउँपालिकाबाट २०, शम्भुनाथ नगरपालिकाबाट १९, तिरहुत गाउँपालिकाबाट १८, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाबाट १७÷१७ वटा तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिकाबाट ९ वटा भ्रष्टाचार विरुद्धको उजुरी परेको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।

    अख्तियारमा सप्तरीको बोदेबरसाइन नगरपालिकाबाट सबै भन्दा बढी र राजगढ गाउँपालिकाबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ । 
    सप्तरीमा पालिकागत हिसाबले सबैभन्दा बढी बोदेबरसाइन नगरपालिकाबाट ६७ बटा भ्रष्टाचारको उजुरी परेको छ भने राजगढबाट सबैभन्दा कम ७ वटा उजुरी परेको छ । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीद्वारा सोमबार राजविराजमा आयोजित “भ्रष्टाचार विरुद्धको सहर्कायःसुशासनका लागि अपरिहार्य” विषयक कार्यक्रममा आयोगका क्षेत्रिय प्रमुख सुरेश न्यौपानेले कार्यक्रममा भ्रष्टाचारको सर्वाधिक उजुरी पर्ने जिल्लामा सप्तरी पहिलो र पाँचथर अन्तिममा परेको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।     यस्तै जिल्लाको राजविराज नगरपालिकाबाट ६४, डाक्नेश्वरी नगरपालिकाबाट ५२, महादेवा गाउँपालिकाबाट ४३, रुपनी गाउँपालिकाबाट ३९, कंचनरुप नगरपालिकाबाट ३१, सप्तकोशी नगरपालिकाबाट ३०, सुरुङ्गा नगरपालिकाबाट २९, हनुमाननगर कंकालिनी नगरपालिकाबाट २७, विष्णुपुर गाउँपालिकाबाट २१, बलान विहुल गाउँपालिकाबाट २०, शम्भुनाथ नगरपालिकाबाट १९, तिरहुत गाउँपालिकाबाट १८, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाबाट १७÷१७ वटा तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिकाबाट ९ वटा भ्रष्टाचार विरुद्धको उजुरी परेको छ । 
    सप्तरीमा गत वर्षको सरेर आएको सहित कुल ६ सय ४६ मध्ये २ सय ४६ उजुरी फछ्र्यौट भईसकेको र बाँकि छानवीनको प्रकृयामा रहेको आयोगका क्षेत्रिय प्रमुख नेउपानेले जानकारी दिए । 
    आयोगका आयुक्त हरी पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको प्रमुख अतिथ्यामा आयोजित कार्यक्रममा १८ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा भ्रष्टाचार विरुद्ध तयार पारिएको श्रव्य दृष्य सामग्री समेत प्रर्दशन गर्दै सरोकारवालालाई सचेत गराउने प्रयास गरिएको थियो । 
    आयोगको क्षेत्रीय कार्यालयले कोशी प्रदेशको ११ र मधेश प्रदेशको सप्तरी गरी १२ वटा जिल्ला हेर्दै आएको छ । प्रस्तुत तथ्याङ्क अुनसार गत वर्षको सरेर आएको १ सय ७८ तथा चालु आ.ब. २०८०÷८१ को फागुन मसान्त सम्मको ४ सय ६५ गरी सप्तरीबाट कुल ६ सय ४६ उजुरी छानवीन र कारवाहीको प्रकृयामा रहेको छ । यस्तै सबभन्दा कम पाँचथरबाट १८ वटामात्र उजुरी परी छानवीनको प्रकृयामा रहेको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह