दैनिक समाचारदाता
राजबिराज, २ बैशाख ।
मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण समारोहमा ‘द १०० हिरोज अफ मधेश’ को उपाधिबाट सप्तरीका एक दर्जन बढी ब्यक्तिलाई सम्मानित गरेको छ ।
विभिन्न १० विधामा सम्मानित हुनेहरुमा सप्तरीवाट तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजनीति तर्फ राजपा महासचिव केशव झा, राजपा निकट बिद्यार्थी नेता राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादब, महिला सशक्तिकरण तर्फ सुनिता साह, लेखक तर्फ रिता साह रहेका छन् ।
त्यसैगरी एथलेटिक्समा स्वर्ण पदक बिजेता अजित यादब, डा. सि. के. सिंह, ई संजिव कुमार यादब, संगितकार कमल मण्डल लगायतका सम्मानित भएका छन ।
यस्तै महिला अधिकारकर्मी सामाजिक अभियन्ता सरोज राय, सीताराम कट्टेल धुर्मुस, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जनकपुर उपमहागनरपालिका मेयर लालकिशोर साह, सामाजिक अभियन्ता तथा प्रदेश २ का सांसद् रामअषिश यादव, संगीतकार तथा गायक गुरुदेव कामत, अधिवक्ता सुनिलरञ्जन सिंह, अप्पन टिभीका समाचार प्रमुख अजय साह शिवाली, सामाजिक अभियन्ता सरोज मिश्र, भिजिट मधेशका ओमप्रकाश सर्राफ, सम्मानित भएका छन् ।
यसैगरी चिकित्सक डा.सीके सिंह, चित्रकार सुनैता ठाकुर, पत्रकार पुरन साह, पत्रकार अभिमन्यु पटेल, गायक रामा मण्डल, साहित्यकार विनित ठाकुर, नेतृ रेखा यादव, पत्रकार अभिमन्यु पटेल, प्रकाश थारु, पत्रकार रामविकास चौधरीलगायतले पनि अवार्ड प्राप्त गरेका छन् ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेता हृदयेश त्रिपाठी, राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा, कांगे्रस नेता डा. अमरेशकुमार सिंह, राजपा नेपालकी महासचिव तथा सांसद चन्दा चौधरीलगायतले अवार्ड हस्तान्तरण गरेका थिए ।
मधेशका लागि आर्थिक, शैक्षिक, कृषि, युवा, सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट योगदान दिएकाहरूको छनौट गरी ‘मधेशको हिरो’ उपमा दिँदै सम्मान सय जनालाई सम्मान गरिएको होण् ।
५० जनालाई नोमिनेसनको माध्यमले भोटिङको आधारमा तथा ५० जनाको छनौट कमिटीले खोजी गरेर सय जनाको टुंगो लगाएको थियो ।
सप्तरीका विभिन्न क्षेत्रका एक दर्जन ब्यक्ती १०० हिरोज अफ मधेश अवार्डबाट सम्मानित
सारांश
- विभिन्न १० विधामा सम्मानित हुनेहरुमा सप्तरीवाट तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजनीति तर्फ राजपा महासचिव केशव झा, राजपा निकट बिद्यार्थी नेता राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादब, महिला सशक्तिकरण तर्फ सुनिता साह, लेखक तर्फ रिता साह रहेका छन् ।
- त्यसैगरी एथलेटिक्समा स्वर्ण पदक बिजेता अजित यादब, डा.
- सि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया