दैनिक समाचारदाता
राजविराज, १२ वैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन सूचना जारि गर्दै आदेश गरेको छ ।
जिप्रका सप्तरीका प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा बुधबार जारि सूचनामा विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति÷संघसंस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले नवीकरण गराएको अभिलेखबाट नदेखिएको हुँदा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ ।
जारि सूचनामा इजाजत पत्र प्राप्त हातहतियार सम्बन्धित व्यक्तिले आफ्नो साथ मात्र राख्ने, हातिहतियारको अनाधिकृत प्रयोग हुन गर्न नदिने, नवीकरण गरिएका हातहतियार सम्बन्धित जिल्ला बाहेक अन्यत्र नलैजाने उल्लेख छ ।
त्यस्तै इजाजत पत्रको नवीकरण अवधी पाँच वर्ष ननाघेका इजाजत पत्रवालाहरुले आफ्नो हातहतियार र इजाजत पत्रसहित नजिकको इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाई भरपाई लिन आग्रह गरिएको छ ।
सोही सूचनामा शर्तहरु पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
सारांश
- जिप्रका सप्तरीका प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा बुधबार जारि सूचनामा विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति÷संघसंस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले नवीकरण गराएको अभिलेखबाट नदेखिएको हुँदा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ ।
- जारि सूचनामा इजाजत पत्र प्राप्त हातहतियार सम्बन्धित व्यक्तिले आफ्नो साथ मात्र राख्ने, हातिहतियारको अनाधिकृत प्रयोग हुन गर्न नदिने, नवीकरण गरिएका हातहतियार सम्बन्धित जिल्ला बाहेक अन्यत्र नलैजाने उल्लेख छ ।
- त्यस्तै इजाजत पत्रको नवीकरण अवधी पाँच वर्ष ननाघेका इजाजत पत्रवालाहरुले आफ्नो हातहतियार र इजाजत पत्रसहित नजिकको इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाई भरपाई लिन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया