दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
अग्निपीडित परिवारको बुधबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्नीपीडित परिवारलाई निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो ।
आगलागी भएको घटना स्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरिक्षक भोला कुमार यादवले जानकारी दिएका छन् ।
आगलागिका क्रममा आगोबाट पोलेर हात, खुटा र छाला जलेका चार जना घाइतेलाई उपचार गरिएको छ । साथै आगलागीको क्रममा सामान्य चोटपटक, अत्याधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बढी बिरामीहरु उपचारका लागि आएको जनस्वास्थ्य निरिक्षक यादवले बताए । त्यस्तै बालबालिकाहरुको समेत उपचार गरि उनीहरुलाई निःशुल्क औषधी दिइएको छ ।
करिब ९७ जना ब्यक्तिको बुधबार उपचार गरिएको र अगामी वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इन्चार्ज सि.अहेव उमेश यादवले जानकारी दिए ।
सि.अहेवा, स्वास्थ्य निरिक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको उपचार संलग्न छन् ।
९७ अग्नीपीडितको निःशुल्क उपचार
सारांश
- महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्नीपीडित परिवारलाई निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो ।
- आगलागी भएको घटना स्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरिक्षक भोला कुमार यादवले जानकारी दिएका छन् ।
- आगलागिका क्रममा आगोबाट पोलेर हात, खुटा र छाला जलेका चार जना घाइतेलाई उपचार गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया