उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 

राजविराज राजविराज
|
बुधबार, श्रावण २, २०८१
|
|
६२ पटक हेरिएको
Shares
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 

सारांश

  •     बुधबार उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष २०८०÷८१ को कार्य प्रगति विवरण सार्वजनिकरण गर्न आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो ।
  •     कार्य प्रगति विवरण प्रस्तुत गर्दै न्यायाधिश बिमल सुवेदीले दुई वर्ष पुरानो मुद्दा मध्ये गत वर्ष जिम्मेवारी सरेर आएको ६ वटा र यस वर्ष थप भएका ८ सय ३१ मुद्दा गरि कुल ८ सय ३७ वटै मुद्दा फछर्यौट गरिएको जानकारी दिए ।
  • उनले लामो समयदेखी पुराना मुद्दाहरु थन्किएर रहेकोमा आ.

दैनिक समाचारदाता
राजविराज, २ साउन ।

    उच्च अदालत जनकपुर राजविराज इजलासले दुई वर्ष नाघेका मुद्दाहरु शुन्यमा झारेको छ । 
    बुधबार उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष २०८०÷८१ को कार्य प्रगति विवरण सार्वजनिकरण गर्न आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो ।
    कार्य प्रगति विवरण प्रस्तुत गर्दै न्यायाधिश बिमल सुवेदीले दुई वर्ष पुरानो मुद्दा मध्ये गत वर्ष जिम्मेवारी सरेर आएको ६ वटा र यस वर्ष थप भएका ८ सय ३१ मुद्दा गरि कुल ८ सय ३७ वटै मुद्दा फछर्यौट गरिएको जानकारी दिए । उनले लामो समयदेखी पुराना मुद्दाहरु थन्किएर रहेकोमा आ.ब. २०८०÷८१ मा ती सबै मुद्दाहरु फछर्यौट गर्न कानुन ब्यवसायी तथा न्यायाधिशहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 
    उनले मुद्दा अभिलेखतर्फ देवानी मिसिल ३९ हजार ५ र फैजदारी मिसिल १५ हजार ७ सय ८६ गरि जम्मा ५४ हजार ७ सय ९१ रहेकोमा हालसम्म ४८ हजार ५ सय ९४ को अभिलेख राख्न सफल भएको बताउँदै कम्प्युटरमा स्क्यान भएका मिसिलको संख्या ६ रहेको जनाए । सो अभिलेखमा सबैभन्दा पुरानो मिसिल २०३१ सालको रहेको जानकारी समेत दिए । 
    यस्तै मेलमिलाफतर्फको मुद्दामा भने खासै उपलब्धी नरहेको उनको भनाई थियो । मेलमिलाफतर्फ गत वर्षको जिम्मेवारी सरेको ३ तथा नयाँ पठाएको १ सय ११ मुद्दा गरि १ सय १४ मुद्दामा जम्मा १ वटा मुद्दा मेलमिलाफबाट टुङ्गिएको बताए । 
    यस्तै उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले आउँदो दिनमा मेलमिलाफबाट मुद्दा टुङ्गो लागाउनेतर्फ बढी ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउँदै उनले आ.ब. २०८०÷८१ मा ७९.९३ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी समेत दिए । 
    निवेदन÷प्रतिवेदन तर्फ असार मसान्त सम्ममा जिम्मेवारी सरेको ३ सय १९, नयाँ दर्ता भएको ५ सय ६८ गरि जम्मा ८ सय ८७ मुद्दा मध्ये ७ सय ९ वटा मुद्दा फछर्यौट भएको उनले बताए । 
    यस्तै आ.ब. २०८१ असार सम्म मुद्दा फछर्यौैट गर्ने लक्ष्य ७७.१९ रहेकोमा ५२.३ प्रतिशत मुद्दा फछर्यौट भएको उल्लेख गरे । 
    सो अवसरमा अदालतका न्यायाधिशहरु, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रहरी उपरिक्षक गजुसिद्धी बज्राचार्य, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरेराम यादव, अदालतका रजिष्टार, सूचना अधिकारी, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
एकै दिनमा दुई जनाले गरे आत्महत्या
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
राजविराज नपा प्रमुख शम्भु यादवलाई मातृ शोक
राजविराज नपा प्रमुख शम्भु यादवलाई मातृ शोक
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित