दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारहरुलाई कोठामा थुनेर दुव्र्यहार गरेको भन्दै पीडित पत्रकारहरुले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको रिपोटिङ गर्न गएका पत्रकारहरुलाई दुव्र्यहार गरिएको थियो ।
रिपोटिङ गरिरहेका बेला कान्तिपुर टिभिका सप्तरी संवाददाता रामनारायण विश्वासको क्यामराको माइक अध्यक्ष तथा उनका लठैतहरुले अभद्र व्यवहार गर्दै खोसेका थिए । सोही क्रममा राजविराज दैनिकका समाचार संयोजक नवीनकुमार गुप्ता र नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द रामको मोबाइल खोस्ने प्रयास गर्नुका साथै ढोका लगाएर अभद्र व्यवहार समेत गरिएको थियो । विश्वास पत्रकार महासंघ सप्तरीका सचिव हुन भने गुप्ता कोषाध्यक्ष र राम कार्यसमितिका सदस्य हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यलाई सो जाहेरी बुझाइएको हो ।
शरीर बन्धक, गाली बेइज्जती, अभद्र व्यवहार गरेको कसुरमा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, गाउँपालिकाका खरिदार (स्टोरकिपर) रामविलास यादव, सोही गाउँपालिका वडा नं.३ का संजित मण्डल, वडा नं. ५ का रामअवतार मण्डल, वडा नं.४ का जितेन्द्र भन्ने संजित पटेल र वडा नं.४ कै घंसी भन्ने घनश्याम मण्डल बिरुद्ध पत्रकारहरु रामनारायण विश्वास, नवीनकुमार गुप्ता र विद्यानन्द रामले संयुक्त रुपमा जाहेरी दिएका छन् ।
यसैबीच फ्रिडम फोरम, आमसंचार प्राधिकरण मधेश प्रदेश, नेपाल प्रेस युनियन सप्तरी र प्रेस मञ्च नेपाल सप्तरी, समाजवादी प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारि गर्दै पत्रकारहरुलाई बन्धक बनाई गरिएको दुव्र्यहारप्रति घोर आपत्ति जनाएको छ । ती विज्ञप्तिहरुमा जनप्रतिनिधि जस्तो व्यक्तिको नेतृत्वमा भएको यस्तो घटनाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको ठहर गर्दै यस्ता घटनामा संलग्न दोषिमाथी कारवाहीको माग समेत गरिएको छ ।
विज्ञप्ति मार्फत राज्यको सबै सरोकारवाला निकायलाई पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि गम्भिर हुनु पर्नेमा जोड दिइएको छ ।
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
सारांश
- गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको रिपोटिङ गर्न गएका पत्रकारहरुलाई दुव्र्यहार गरिएको थियो ।
- रिपोटिङ गरिरहेका बेला कान्तिपुर टिभिका सप्तरी संवाददाता रामनारायण विश्वासको क्यामराको माइक अध्यक्ष तथा उनका लठैतहरुले अभद्र व्यवहार गर्दै खोसेका थिए ।
- सोही क्रममा राजविराज दैनिकका समाचार संयोजक नवीनकुमार गुप्ता र नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द रामको मोबाइल खोस्ने प्रयास गर्नुका साथै ढोका लगाएर अभद्र व्यवहार समेत गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया