शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग

राजविराज राजविराज
|
बिहिबार, श्रावण २४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग

सारांश

  •     सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा टोल वस्ने २४ वर्षिय रामबाबु महतो यस्तो माग गरेका हुन् ।
  • उनी ४ महिना अघि फिस्टुला रोगको उपचार गराउन सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
  •       शल्यक्रिया गराउने क्रममा चिकित्सकको लापरवाहीले घुँडा र तिघ्रामा करेन्ट लागेर घाउँ नै घाउँ भएको बताउने महतोले आफ्नो उपचार तथा क्षतिपुर्तीको व्यवस्थाका साथै घट्नाको अनुसन्धान गर्न समेत माँग समेत गर्दै आएका छन ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।

    उपचारका क्रममा विद्युत प्रवाहमा अचानक आएको गडबडीले शल्यक्रिया कक्ष मै करेन्ट लागेर शरीरका विभिन्न भाग जलेर घाइते भएका एक युवकले क्षतिपूर्तको माग गरेका छन् । 
    सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा टोल वस्ने २४ वर्षिय रामबाबु महतो यस्तो माग गरेका हुन् । उनी ४ महिना अघि फिस्टुला रोगको उपचार गराउन सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । 
    शल्यक्रिया गराउने क्रममा चिकित्सकको लापरवाहीले घुँडा र तिघ्रामा करेन्ट लागेर घाउँ नै घाउँ भएको बताउने महतोले आफ्नो उपचार तथा क्षतिपुर्तीको व्यवस्थाका साथै घट्नाको अनुसन्धान गर्न समेत माँग समेत गर्दै आएका छन । 
    उनले आप्mनो उपचारमा लापारवाही गर्ने चिकित्सक डा.नागेन्द्र प्रसाद यादव अहिले सरुवा भई राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल आईपुगेकाले न्याय खोज्दै राजविराज आएको बताए । आफ्नो् शल्यक्रिया गर्ने डाक्टर हाल गजेन्द्र नारायण सिह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भइ आएको थाहा पाएपछी न्यायका लागी यहाँ सम्म आइपुगेको उनले बताए ।
    घट्नाका बेला डा.यादव भने सिरहास्थित प्रादेशिक अस्पतालमा कार्यरत थिए । त्यती बेला उपचार गराउँदा डा.यादवले शल्यक्रिया गरेर फिस्टुलाको उपचार गर्नू पर्छ भन्ने सल्लाह दिएपछी आपूmले उनै सित शल्यक्रिया गराएको उनको भनाई छ । 
    शल्यक्रिया गर्ने क्रममा प्रयोग गरिएका विद्युतीय उपकरणबाट अचानक आफ्नो घुँडा र तिघ्रामा करेन्ट लागेर नराम्ररी जलि घाउ भएको र अहिले सम्म निको नहुँदा हिडडुल गर्न समेत समस्या भएको उनले बताए । लापरवाही गर्ने डाक्टर बिरुद्ध सिरहा जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाको न्यायिक समितीमा उजुरी दिएपनि अहिले सम्म न्याय पाउन नसकेको उनको गुनासो छ । 
    खुट्टाको विभिन्न भाग जलेपछी हिडडुल गर्न समस्या तथा बाहिर कतै गएर काम गर्न असमर्थ भएपछी परिवारको खर्च धान्न समेत समस्या भएको पीडित महतोले बताए । 
    यता महतोले न्याय पाउनु पर्छ भनि प्रदेशसभामा पनि यो विषयले प्रवेश पाएको छ । सप्तरीबाट प्रदेश साँसद रहेकी किरण कुमारी साहले बुधवार घट्नाको अनुसन्धान, पीडित महतोको उपचारको व्यवस्था, क्षतिपुर्ती र परिवारको भरण पोषणको मागँ गर्दै प्रदेश सभाकमा सरकारको ध्यानाकर्षण गराएकी छिन । उनले चिकित्सकको लापरवाहीले बिरामी थप पीडित बनेको तथा आर्थिक, मानसिक र शारिरीक पीडा भोग्न बाध्य भएको भन्दै अस्पताल प्रशासन, सम्बन्धित चिकित्सक तथा प्रदेश सरकार सबै मिलेर महतोलाई सहयोग गर्नु पर्ने आवश्यक्ता औल्याए । 
    यता हाल गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख रहेका डा.यादवले शल्यक्रिया गर्ने क्रममा एक्कासी विद्युतीय उपकरणमा हाइभोल्टेज आएका कारण महतोको तिघ्रा र घुँडा जल्न गएको बताएका छन् । “कुनै लापरवाही गरिएको छैन, डा.यादवले भने–फिस्टुलाको अप्रेशन गर्ने क्रममा कटरी मेशीन (शल्यक्रियामा प्रयोग हुने उपकरण) विद्युतबाट चलाई रहेका बेला अचानक हाईभोल्टेज प्रवाह भई महतोको घुँडा र तिघ्राको केही भाग जल्न गएको हो ।”
    सिरहामा हुदा सम्म मैले उनको निःशुल्क रुपमै सकेसम्म उपचारको प्रयास गरेको थिए र अहिले राजविराजमा आइपुग्दा पनि उनको निःशुल्क उपचार गर्न तयार छुँ, उनले भने । उनले महतोको घाउको नियमित ड्रेसिङ गर्नू पर्ने देखिएकाले थप समस्या बढ्नु अगावै सम्पर्कमा आउन आग्रह समेत गरेका छन । पीडित महतोले भने क्षतिपुर्ती लिई आपूm अन्यत्रै उपचार गराउने अडान लिएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह