मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी

राजविराज राजविराज
|
मंगलबार, भाद्र ४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी

सारांश

  •     रौतहटको गरुडा नगरपालिकाको खतवहियामा मंगलबार आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् ।
  •       विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।
  •       ‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ ।

दैनिक समाचारदाता
गौर, ४ भदौं । 

    आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेशमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् । 
    रौतहटको गरुडा नगरपालिकाको खतवहियामा मंगलबार आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । 
    विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए । 
    ‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ । तर विधार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरिएको छैन । विद्यार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउन सरकारलाई हामीले पटक पटक ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने हो र यसैगरी चल्ने अवस्था भए हामी चुप लागेर बस्दैनौं । 
    “सरकारले यथाशिघ्र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिनेछौं ।’ उनले भने । 
    शिक्षा नियमावलीमा विद्यार्थी र शिक्षकको अनुपात स्पष्ट रुपमा तोकिए पनि सो अनुरुपको व्यवस्था अझै हुन नसकेको शिक्षाविद्हरु स्वीकार्छन् । शिक्षा नियमावलीमा सुगममा ५० विद्यार्थीमा एक र दुर्गममा २५ विद्यार्थीमा एक शिक्षक नियुक्त गरिने प्रावधान रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
श्रोत नखुलेको झण्डै ११ लाख रकमसहित एक पक्राउ
श्रोत नखुलेको झण्डै ११ लाख रकमसहित एक पक्राउ
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने