सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष

राजविराज राजविराज
|
बुधबार, भाद्र ५, २०८१
|
|
१८ पटक हेरिएको
Shares
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष

सारांश

  •     “छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रम”को आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस समेत चलाइएको थियो ।
  •     धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै भक्तजन र स्थानीयवासी समेत सहभागि थिए ।
  •     मुलुककै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखी ठाउँ ठाउँमा भत्किएर लथालिङ छ ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौं । 

    राजविराज–छिन्नमस्ता सडक खण्डको मर्मत कार्य यथासिघ्र सम्पन्न गर्न माग गर्दै बुधबार छिन्नमस्ता गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरु सडकमै धर्ना बसेका छन् ।     सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ कोचाबखारी सडक खण्डमा बिहान १० बजेदेखी १२ बजेसम्म बीच सडकमै उनीहरु धर्ना बसेका हुन् । 
    “छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रम”को आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस समेत चलाइएको थियो ।
    धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै भक्तजन र स्थानीयवासी समेत सहभागि थिए ।
    मुलुककै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखी ठाउँ ठाउँमा भत्किएर लथालिङ छ । भारतीय दर्शानार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि जीर्ण बाटोका कारण यात्रुले सास्ती खेप्नु परिहेको छ । 
    राजविराजबाट १० किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटो ठाउँ ठाउँमा खाल्डा खुल्डीका कारण पानी जमेर पोखरी बनेपछि थप समस्या भएको स्थानीयहरुको भनाई छ ।    
    बाटो बिग्रेका कारण १० किलोमिटरको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेको छ । बाटो ठिक रहँदा ३० रुँपैया भाडा लाग्ने ठाउँमा अहिले ७० रुँपैया तिरेर यात्रा र सास्ती खेप्नु परेको भन्दै स्थानीयले अविलम्ब उक्त जीर्ण सडक मर्मत सम्भार गर्नुपर्ने सरकारसँग माग गरेका छन् । 
    गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उक्त सडक मर्मतको माग गर्दै आफूहरु गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौं पुगेर मन्त्रीदेखी प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको सुनाए । 
    हिन्दुहरुको महान चाड वडा दशैं आउन झण्डै डेढ महिना बाँकी रहँदा समेत बाटो जीर्ण छन् । दशैंमा छिन्नमस्ता मन्दिरमा ठूलो भिड लाग्ने गर्दछ । यस अवस्थामा मन्दिर आवतजावत गर्ने एक मात्र यही मार्ग रहेकोले सडक निर्माण कार्य जतिसक्दो चाडो सम्पन्न गराउनेतर्फ स्थानीयहरुको माग समेत रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
पूर्व राजा फागुन २६ गते सप्तरी आउँदै
अग्नी पीडितलाई सांसद साहको सहयोग
अग्नी पीडितलाई सांसद साहको सहयोग
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह