स्थापना दिवसमा अस्पताललाई सहयोग

राजविराज राजविराज
|
बुधबार, भाद्र १९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
स्थापना दिवसमा अस्पताललाई सहयोग

सारांश

  •     अस्पतालको आकिस्मक कक्षमा रहेका सबै २५ वटै वेडमा प्रयोग गर्नका लागी आवश्यक वेडसिट प्रदान गरेको हो ।
  •       रोगको संक्रमण फैलने सम्भावना न्यूनिकरण तथा सरसफाईको सन्देश दिदै अस्पतालाई सहयोग गर्न स्थापना दिवसमा यस्तो कार्याक्रम रोजेको नेपाल निजामति कर्मचारी यूनियनका अध्यक्ष सूर्यकान्त झाले बताए ।
  •       युनियन आबद्ध कर्मचारीहरुको नीजि खर्चबाट सो सहयोग जुटाइएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    नेपाल निजामती कर्मचारी युनियन सप्तरीले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सहयोग स्वरुप वेडसिट प्रदान गरेको छ । 
    अस्पतालको आकिस्मक कक्षमा रहेका सबै २५ वटै वेडमा प्रयोग गर्नका लागी आवश्यक वेडसिट प्रदान गरेको हो । 
    रोगको संक्रमण फैलने सम्भावना न्यूनिकरण तथा सरसफाईको सन्देश दिदै अस्पतालाई सहयोग गर्न स्थापना दिवसमा यस्तो कार्याक्रम रोजेको नेपाल निजामति कर्मचारी यूनियनका अध्यक्ष सूर्यकान्त झाले बताए । 
    युनियन आबद्ध कर्मचारीहरुको नीजि खर्चबाट सो सहयोग जुटाइएको उनले बताए । यूनियनका अध्यक्ष झाका साथै स्थापना दिवस समारोहका प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साहले संयुक्त रुपमा उक्त वेडसिट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप साहलाई हस्तान्तरण गरे । 
    सो अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ सप्तरीका अध्यक्ष शिव नारायण चौधरी, सचिव सनत मण्डल, नेविसंघका अध्यक्ष राकेश ठाकुर, तरुण दलका अध्यक्ष अर्जुन यादव लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु