जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन

सारांश

  •     रुपनी गाउँपालिकाबाट अध्यक्ष दिनेश कुमार यादव, वडा अध्यक्ष लिला यादव तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित समूहले सार्वजनिक जग्गाको संरक्षण गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
  • उनीहरुले सार्वजनिक जग्गाको संरक्षण तथा जग्गा हडप्ने व्यक्तिमाथी कारवाहीको माग समेत गरेका छन् ।
  •       रुपनी गाउँपालिका १ मा वर्षौदेखी आदर्श युवा क्लबको भवन रहेको जग्गा आफ्नो रहेको दाबी गर्दै सोही वडा बस्ने भोगेन्द्र यादवले भत्काएर आफ्नो निजि भवन बनाउन थालेपछि विवाद बढेको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ भदौं । 

    सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधिको अगुवाईमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी प्रदर्शन गरिएको छ ।     
    रुपनी गाउँपालिकाबाट अध्यक्ष दिनेश कुमार यादव, वडा अध्यक्ष लिला यादव तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित समूहले सार्वजनिक जग्गाको संरक्षण गर्न माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सार्वजनिक जग्गाको संरक्षण तथा जग्गा हडप्ने व्यक्तिमाथी कारवाहीको माग समेत गरेका छन् । 
    रुपनी गाउँपालिका १ मा वर्षौदेखी आदर्श युवा क्लबको भवन रहेको जग्गा आफ्नो रहेको दाबी गर्दै सोही वडा बस्ने भोगेन्द्र यादवले भत्काएर आफ्नो निजि भवन बनाउन थालेपछि विवाद बढेको हो । 
    गाउँपालिका अध्यक्ष यादवले सामाजिक र खेलकुद लगायत विभिन्न गतिविधी गर्दै आएको आदर्श यूवा क्लबको सार्वजनिक जग्गामा बनेको भवन संरचनालाई बलपूर्वक भत्काएर आफ्नो निजि भवन बनाउन लागेका भोगेन्द्रमाथी कारवाहीका लागि दबाब दिन आफूहरु आएको बताए । उनले सामाजिक क्षेत्रमा योगदान गर्दै आएको क्लबको संरक्षणका लागि स्थानीय प्रशासनको पटक–पटक लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउदा पनि सुनुवाई नगरेपछि बाध्य भई प्रदर्शनमा उत्रनु परेको बताए । 
    उनले क्लबको भवन तोडफोड गरि हानी नोक्सानी पु¥याउने भोगेन्द्रबाट क्षतिपूर्ती दिलाउनु पर्ने माग समेत आफूहरुको रहेको बताएका छन् । यसबारे पालिकाका तर्फबाट भोगेन्द्र बिरुद्ध प्रहरीमा उजुरी दिएको जानकारी समेत उनले दिए । उनले उक्त जग्गा सार्वजनिक रहेको र भोगेन्द्रले अनाधिकृत रुपमा कब्जा गरेको जनाए । 
    भोगेन्द्रले भने उक्त जग्गा आफ्नो निजि रहेको दाबी गर्दै आएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवसहित बसेको बैठकमा शनिबार बिहान ११ बजे सम्बन्धीत सबै पक्षलाई झिकाई जग्गा विवादबारे छलफल गरि निश्कर्षमा पुग्ने निर्णय भएको बताइएको छ । 
    यसअघि ठूलो संख्यामा प्रदर्शनकारी आएको देखेपछि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले कार्यालय समय अगावै पौने तीन बजे नै जिल्ला प्रशासन कार्यालयको मूल गेट बन्द गरेका थिए । त्यसपछि झन आक्रोसित भएका प्रदर्शनकारीले स्थानीय प्रशासनबिरुद्ध चर्को नाराबाजी सुरु गरेका थिए । स्थिति असामान्य बन्ने देखेपछि कार्यालयमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी
अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
बस र शुमो ठोक्किदा पाँच जना घाइते 
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
काँग्रेस नेतृ साहको निधन 
काँग्रेस नेतृ साहको निधन 
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह