पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह

राजविराज राजविराज
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह

सारांश

  •     लामो समयदेखी सो अस्थायी पुल निर्माण हुननसक्दा सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ ।
  • विशेष गरि वर्षायाममा जोखिम मोलेर सर्वसाधारण आउजाउ गर्न बाध्य भएका छन् ।
  •       झण्डै चार दशकअघि सहज आवतजावतका लागि स्थानीय र सीमावर्ती भारतीय कुनौली बजारका बासिन्दा समेत मिलेर उक्त खोलामाथी बासको फडकेबाट पुल बनाएर आवागमनको व्यवस्था मिलाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    पाँच वर्ष अघि बाढीले बगाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र सीमावर्ती भारतीय बजार कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) अझै निर्माण हुनसकेको छैन् । 
    लामो समयदेखी सो अस्थायी पुल निर्माण हुननसक्दा सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । विशेष गरि वर्षायाममा जोखिम मोलेर सर्वसाधारण आउजाउ गर्न बाध्य भएका छन् । 
    झण्डै चार दशकअघि सहज आवतजावतका लागि स्थानीय र सीमावर्ती भारतीय कुनौली बजारका बासिन्दा समेत मिलेर उक्त खोलामाथी बासको फडकेबाट पुल बनाएर आवागमनको व्यवस्था मिलाएको थियो । 
    तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडी रहेको खोलामा बासको फडके बनाएर पुनःआवागमनको व्यवस्था मिलाउने प्रयास गरिएको भएपनी भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालिन अध्यक्ष समेत रहेका मधेश प्रदेशका वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले बताए । 
    उनले दुबै देशका नागरिकको सहज आवागमनका लागि त्यती बेला बाढीले बगाएको अस्थायी पुल पुर्ननिर्माणको प्रयास गरेपनी सीमा क्षेत्रमा तैनाथ भारतीय एसएसबी (सुरक्षाकर्मी) ले अवरोध गरेको बताए । उनले आफू पालिका अध्यक्ष भएको बेला नै उक्त स्थानमा पुल बनाउने अथक प्रयास गरेपनी भारतीय सुरक्षाकर्मीले “माथीको आदेश चाहियो” भन्दै अवरोध गर्दा पुल निर्माण कार्य बढ्न नसकेको जानकारी दिए । 
    उनले सो स्थानमा सहज आवागमनका लागि नेपाल–भारत मैत्री पुल निर्माण गर्ने आफ्नो योजना रहेको सुनाउँदै यसका लागि संघीय सरकारको समन्वयमा भारत सरकारसँग कुटनीतिक पहल भइरहेको जानकारी समेत दिए । 
    तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडलले आफूले जिम्मेवारी सम्हालेपछी उक्त ठाउँमा पुल निर्माणका लागि प्राथमिकताका साथ लागे पनी भारतीय सुरक्षाकर्मीको अवरोधका कारण सफल हुन नसकेको बताए । “मंगलबार सीमावर्ती भारतको कुनौली, कमलपुर र डगमारा ग्राम पंचायतका मुखियाहरु समेतको बैठक गरी पुल निर्माण बारे छलफल गरिएको छ, अध्यक्ष मंडलले भने, “यसले पुल निर्माणको वातावरण बन्ने विश्वास लिएका छौं ।”
    उनले बैठकमा दुबै देशका नागरिक अगुवाले पुल बनाउन आ–आफ्नो सरकारको ध्यानाकर्षण गराइ पहल गर्ने सहमति बनेको जानकारी समेत दिए । 
    सुख्खायाममा जसोतसो आवतजावत हुने गरे पनी वर्षायाममा जोखिम मोलेर आउजाउ गर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी रुपकान्त मिश्रको भनाई छ । 
    भारत–नेपालको सीमामा पर्ने कुनौली बजारमा यस क्षेत्रका जनता किनमेल, उपचार, तिर्थाटन लगायत विभिन्न कामका सिलसिलामा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?