भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ

राजविराज राजविराज
|
बुधबार, कार्तिक २१, २०८१
|
|
२६ पटक हेरिएको
Shares
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ

सारांश

  •     जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं.
  • ५ रामनगर बस्ने ४० वर्षिय सम्पैत यादव र सोही स्थान बस्ने २२ वर्षिय श्रवण कुमार यादव सवार रहेको स.
  • ३प.

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 

    सप्तरी प्रहरीले जिल्लाको खडक नगरपालिका वडा नं. ८ भदिया सडक खण्डबाट भन्सार छलेर ल्याउँदै गरेको मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ  । 
    जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर बस्ने ४० वर्षिय सम्पैत यादव र सोही स्थान बस्ने २२ वर्षिय श्रवण कुमार यादव सवार रहेको स.३प.४६१७ को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको हो । 
    प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा ७५ हजार मुल्य पर्ने ४ सय ७० थान मोवाईल डाटा केवल बरामद गरेको जनाइएको छ । 
    बरामद मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?