दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन

राजविराज राजविराज
|
बुधबार, मंसिर ५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन

सारांश

  •     उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए ।
  • निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं.
  • १ बाट सियाकान्त चौधरी र वडा नं.

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका दुई जना उम्मेदवारले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 
    उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव छन् । 
    दुई जनाले उम्मेदवारी फिर्ता लिएपछी मंसिर १६ गते हुने उपनिर्वाचनमा अब दुबै वडाका गरि १५ जनाको मात्र उम्मेदवारी कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।
    उम्मेदवारी कायम राख्न इच्छुक नभएको भन्दै दुबै जनाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा (१) बमोजिम आवेदन गरी उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । 
    यसैबीच बुधबार नै वडा नं. १ बाट उम्मेदवारी फिर्ता लिएका सियाकान्त चौधरीले एक प्रेस विज्ञप्तिमार्फत आफू काँग्रेसका उम्मेदवार भुलिया देवी थरुनीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
कारागार क्षेत्रमा कफ्र्यु आदेश
कारागार क्षेत्रमा कफ्र्यु आदेश
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण