दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
पिछडा वर्ग (ओबिसी) महासंघ नेपाल शाखा सप्तरीको मंगलबार बसेको बृहत भेलाबाट उमेश प्रसाद यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतोको विशेष उपस्थितिमा राजविराजमा भएको बृहत भेलाले अध्यक्ष पदमा यादवसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्ष खडक नगरपालिकाका निवर्तमान मेयर मो. हेमायु हक, सचिवमा यधुनन्दन दास र कोषाध्यक्षमा लिलादेवी ठाकुर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शंकर प्रसाद साह, शैलेन्द्र कुमार दास, लोकेन्द्र कुमार चौधरी, राजकुमार साह तेली र रुप कुमारी चयन भएका छन् । समितिको कार्यकाल पाँच वर्षको हुनेछ ।
भेलाका प्रमुख अतिथि समेत रहेका महासंघका राष्ट्रिय अध्यक्ष मेहतालाई नवगठित कार्यसमितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सर्वसम्मतिले चयन भएका अध्यक्ष यादवले पिछडा वर्ग महासंघ सप्तरी शाखाको केही दिन भित्रै राजविराजमा कार्यालय स्थापना गरि आवद्ध जातिय समुदायको उत्थान र हकहितका लागि विभिन्न गतिविधिलाई तिब्रता प्रदान गरिने प्रतिक्रिया दिएका छन् ।
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
सारांश
- महासंघका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतोको विशेष उपस्थितिमा राजविराजमा भएको बृहत भेलाले अध्यक्ष पदमा यादवसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
- नवगठित कार्यसमितिको उपाध्यक्ष खडक नगरपालिकाका निवर्तमान मेयर मो.
- हेमायु हक, सचिवमा यधुनन्दन दास र कोषाध्यक्षमा लिलादेवी ठाकुर चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया