दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
गत वर्ष झै यस वर्ष पनि राजविराजमा आज (शनिबार) भगवान श्रीजगन्नाथ रथयात्राको आयोजना हुदैछ । भगवान श्रीकृष्णकै अर्को रुप भनिने श्रीजगन्नाथ रथयात्रा विगत तीन बर्षदेखि राजविराजमा हुँदै आएको छ ।
रथयात्रा राजविराज हटियास्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गणबाट निकली नगरको परिक्रमा पश्चात् पुनः सोही मन्दिरमा विसर्जन गरिने कार्यक्रम रहेको श्रीकृष्ण भक्त मण्डल सप्तरीका अध्यक्ष हितेश यादवले जानकारी दिएका छन ।
रथयात्रामा भारतका वृन्दावन, मायापुर, मथुरा, दरभंगासहित नेपालका लहान, जनकपुर, इटहरी, विराटनगर र धरानका श्रीकृष्ण भक्त र किर्तन मण्डलीहरुका साथै केही विदेशी भक्तजनहरु समेतको सहभागिता रहने अध्यक्ष यादवले बताए ।
रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी हुने जानकारी गराउँदै मण्डलका सचिव प्रभाकरले भने “यात्रामा सप्तरीका आमजनका साथै प्रशासन र राजनीतिक प्रमुख व्यक्तित्वहरु समेत उपस्थित हुनेछन् ।”
रथयात्राको सम्पूर्ण तैयारीले अन्तिम रुप पाईसकेको जानकारी गराउँदै यात्रा बिहान ९ः३० बजे हटिया मन्दिरबाट निस्किने मण्डलका कोषाध्यक्ष दिपक भगतले बताए ।
सोही रथयात्रामा भगवान जगन्नाथका साथै दाई बलराम र बहिनी शुभद्राका प्रतिमूर्ती राखी यात्रा गराइने भारत उडिसाको जगन्नाथधामको परम्परालाई विश्वभरी नै यथावत राखिने सल्लाहकार सतिश कुमार दत्तले बताए ।
जगन्नाथ रथयात्रा निकालिदै
सारांश
- रथयात्रा राजविराज हटियास्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गणबाट निकली नगरको परिक्रमा पश्चात् पुनः सोही मन्दिरमा विसर्जन गरिने कार्यक्रम रहेको श्रीकृष्ण भक्त मण्डल सप्तरीका अध्यक्ष हितेश यादवले जानकारी दिएका छन ।
- रथयात्रामा भारतका वृन्दावन, मायापुर, मथुरा, दरभंगासहित नेपालका लहान, जनकपुर, इटहरी, विराटनगर र धरानका श्रीकृष्ण भक्त र किर्तन मण्डलीहरुका साथै केही विदेशी भक्तजनहरु समेतको सहभागिता रहने अध्यक्ष यादवले बताए ।
- रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी हुने जानकारी गराउँदै मण्डलका सचिव प्रभाकरले भने “यात्रामा सप्तरीका आमजनका साथै प्रशासन र राजनीतिक प्रमुख व्यक्तित्वहरु समेत उपस्थित हुनेछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया