भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग 

राजविराज राजविराज
|
आइतबार, माघ १३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग 

सारांश

  •     उक्त पार्टीका जिल्ला संयोजक दिपेन्द्र कुमार चौधरी तथा केन्द्रिय नेता गजेन्द्र कुमार मण्डलसहितको टोलीले बैंकका सहायक प्रबन्धक दिनेश खड्कालाई बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको छ ।
  •       अर्थमन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोद्धार्थ समेत दिइएको ज्ञापन पत्रमा सर्वसाधरणको समस्यालाई ध्यानमा राखी अबिलम्ब भारु सटही काउन्टर खोल्न माग गरिएको छ ।
  •       ज्ञापन पत्र मार्फत सटहीको.

दैनिक समाचारदाता
राजविराज, १३ माघ ।

    राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले जिल्लामा भारु नोट चरम अभाव भएको भन्दै राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखामा भारु सटही काउन्टर सेवा पुनःसंचालनको माग गर्दै आइतबार ज्ञापनपत्र बुझाएको छ । 
    उक्त पार्टीका जिल्ला संयोजक दिपेन्द्र कुमार चौधरी तथा केन्द्रिय नेता गजेन्द्र कुमार मण्डलसहितको टोलीले बैंकका सहायक प्रबन्धक दिनेश खड्कालाई बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको छ । 
    अर्थमन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोद्धार्थ समेत दिइएको ज्ञापन पत्रमा सर्वसाधरणको समस्यालाई ध्यानमा राखी अबिलम्ब भारु सटही काउन्टर खोल्न माग गरिएको छ । 
    ज्ञापन पत्र मार्फत सटहीको.समस्या समाधानका लागी सटही काउन्टर पुृनः संचालन र अनलाईन विनियम सेवाको विकल्प दिन माग गरिएको छ । 
    “भारत संगको नजिकको सीमानाका कारण तराई मधेशका जनताको त्यस तर्फ विभिन्न काम विशेषले आउजाउ हुने र भारुको आवश्य्क्ता पर्ने गरेको छ, ज्ञापन पत्रमा भनिएको छ– तर  सहज  ढंगमा स्थानीय बैैक र बजारमा भारु नोट उपलब्ध हुन नसक्दा यहाँका सर्वसाधारण महगो दरमा भारतीय मुद्रा साट्न बाध्य भएका छन ।”
    बैंकका सहायक प्रबन्धक खड्काले ज्ञापन पत्र तत्कालै केन्द्रिय कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । उनले भारु सटही काउन्टर पुनः संचालन कार्य आफ्नो हातमा नरहेको तथा यसका लागी नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय बाणिज्य बैंकको माथिल्लो निकायमा आफुले पहल गर्ने बताएका छन । 
    विगतमा राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारको सुविधाका लागी भारु सटही काउन्टर खोली सेवा प्रदान गर्दै आएको थियो । 
    बैंकले घरकाजका लागी भन्दै प्रति निवेदन १ हजार पाँच सय र उपचारका लागी पाँच÷पाच हजार भारु दिदै आएको थियो । तर सो सुविधा बैंकले विगत ८ वर्ष देखी बन्द गर्दा सर्वसाधारण मारमा परेका हुन । अहिले भारतीय नोटका लागि बजारमा प्रति सय रुँपैयाका लागि ६ देखी ८ रुँपैयासम्म बटी लिने गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान