दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
राजविराजस्थित तरकारी हाट बजारमा अहिले विभिन्न रङ्गका काउली बिक्रिका लागि आउन थालेपछी उपभोक्ता त्यसतर्फ आकर्षित हुँदै गएका छन् ।
पहिला पहिला सेतो र हरियो मात्र काउली बिक्रि हुने यस हाट बजारमा अहिले रङ्गीचङ्गी काउली आउन थालेपछी उपभोक्ताहरु त्यसतर्फ आकर्षित भएका हुन् ।
राजविराज ७ स्थित तरकारी हाट बजारमा अहिले सेतो र हरियोका साथै गुलाबी, बैजनी र पहेलो रङ्गको काउली पनि विक्री हुन थालेको छ । ती दुबै काउली भन्दा स्वाद समेत फरक हुने गरेकाले यहाँका उपभोक्ताको रङ्गिन काउलीतर्फ आकर्षित भएका छन ।
सेतो रङ्गको काउलीको स्वाद बाह्रै महिना चाख्न पाएका उपभोक्ता अहिले तरकारी बजारमा अन्य रंगका काउलीहरु पनि पाउन थालेपछी फरक स्वादका लागी रङ्गीचङ्गी काउली किन्ने गरेको तरकारी ब्यवसायी कुशेश्वर साहले बताए ।
सेतो र हरियो काउली भन्दा अन्य रंगका काउलीको मुल्य भने मंहगो रहेको छ । सेतोको १० देखी २० र हरियोको ३० देखी ४० प्रति किलो मुल्य रहेकोमा बाँकी तीन रंगका काउलीको भने ८० देखी ९० रुँपैयासम्म प्रति किलो मुल्य रहेको छ ।
तरकारी व्यवसायी भूपेन्द्र यादवले रंगीचंगी आकषर््ाक काउली हेर्न र मोवाइलमा फोटो खिच्ने सर्वसाधारणको भीड समेत लाग्ने गरेको सुनाए । उनले रंगीन काउलीका लागि भारतबाट काउलीको विऊ झिकाएर खेतीपाती गरेको र उत्पादन खर्च बढ्न जाँदा रंगीन काउलीको मूल्य बढी राख्नु परेको सुनाए ।
सप्तरकिो तुलनामा सिराहाका किसानहरुले विभिन्न रंग र फरक स्वादका काउली फलाउन थालेको र यहाँका कतिपय तरकारी व्यवसायी सिराहाको गोलबजारबाट उक्त रंगी चंगी काउली खरिद गरेर ल्याई बिक्री गर्न थालेको तरकारी व्यवसायीहरुको भनाई छ ।
रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
सारांश
- पहिला पहिला सेतो र हरियो मात्र काउली बिक्रि हुने यस हाट बजारमा अहिले रङ्गीचङ्गी काउली आउन थालेपछी उपभोक्ताहरु त्यसतर्फ आकर्षित भएका हुन् ।
- राजविराज ७ स्थित तरकारी हाट बजारमा अहिले सेतो र हरियोका साथै गुलाबी, बैजनी र पहेलो रङ्गको काउली पनि विक्री हुन थालेको छ ।
- ती दुबै काउली भन्दा स्वाद समेत फरक हुने गरेकाले यहाँका उपभोक्ताको रङ्गिन काउलीतर्फ आकर्षित भएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया