दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरी जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणामबाट डोमन साहको प्यानल बिजयी भएको छ ।
उनले ५१ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिद्वन्द्वी महेश्वर साहले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्षमा महेन्द्र प्रसाद देवले ४८, सचिवमा ओम प्रकाश यादवले ४९ तथा कोषाध्यक्षमा शंकर कुमार मिश्रले ४५ मत प्राप्त गरि बिजयी भएका छन् ।
त्यस्तै सदस्य पदमा राम नरेश दास ५०, शम्भु कुमार यादव ५३, इन्द्रकान्त चौधरी ४५, सुरेश कुमार सिंह ५० र शिव नारायण यादवले ५७ मत प्राप्त गरि बिजयी भए ।
यसैगरि पार्षदहरुमा महेश्वर साह प्यानलका कमल कुमार यादवले ५८ तथा डोमन साह प्यानलका केशरलाल खंगले ५६, कर्मचन्द चौधरीले ४८, उमेशनाथ शरणले ४९ र बिर बहादुर कडारीले ५४ मत प्राप्त गरि बिजयी भएका हुन् ।
दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय पदमा सम्पन्न निर्वाचनमा ८६ जना मतदाता मध्ये ८३ जनाले मत खसालेको निर्वाचन अधिकृत दुर्गानन्द चौधरीले जानकारी दिए ।
यसअघि बैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी
सारांश
- उनले ५१ मत प्राप्त गरि बिजयी भए ।
- उनका प्रतिद्वन्द्वी महेश्वर साहले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
- यस्तै उपाध्यक्षमा महेन्द्र प्रसाद देवले ४८, सचिवमा ओम प्रकाश यादवले ४९ तथा कोषाध्यक्षमा शंकर कुमार मिश्रले ४५ मत प्राप्त गरि बिजयी भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया