दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
होली पर्वमा उत्साह बढाउन राजविराजका मारवाडी समुदायले विगतमा होली आगमनको दुई÷तीन दिन अघिदेखी नै राजविराजको मुख्य बजार क्षेत्रमा ढोलसहित गाउने गरेको गित र नाचगान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छन् ।
तराई मधेशमा एक आपसमा रंगअबिर खेल्दै मनाइने उत्साह र उमंगको पर्व होलीको रौनकता घट्दै गएको बेला मारवाडी समुदायले यस्तो अग्रसरता देखाएका हुन् ।
मारवाडी युवा मञ्चका केन्द्रिय सदस्य समेत रहेका बिसान्त जैनले भने, “बढ्दो महंगी र व्यवसायिक मन्दीका कारण हरेक चाड पर्व फिक्का हुन लागेको छ, निरासालाई उत्साहमा परिणत गर्न र परम्परालाई जोगाइ राख्न पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं ।”
मारवाडी यूवा अगुवा उज्जवल काबराले होलीमा उत्साह जगाउन आफूहरु समूह बनाएर होली गित गाउँदै होलीको स्वागतमा लागेको सुनाए । मारवाडी समुदायका युवाहरु अहिले राती ८ बजेतिर समूह बनाएर होली गित गाउँदै बजारको मुख्य चौकमा नाचगान गर्दै होली आगमनको प्रतिक्षा गरिरहेको मारवाडी यूवा मञ्च राजविराजका अध्यक्ष होमेश काबराले बताए ।
फागु अर्थात होली पर्व यस वर्ष पहाडमा बिहीबार र तराई मधेशका जिल्लामा शुक्रबार परेको छ ।
होली परम्परा धान्दै मारवाडी समुदाय
सारांश
- तराई मधेशमा एक आपसमा रंगअबिर खेल्दै मनाइने उत्साह र उमंगको पर्व होलीको रौनकता घट्दै गएको बेला मारवाडी समुदायले यस्तो अग्रसरता देखाएका हुन् ।
- मारवाडी युवा मञ्चका केन्द्रिय सदस्य समेत रहेका बिसान्त जैनले भने, “बढ्दो महंगी र व्यवसायिक मन्दीका कारण हरेक चाड पर्व फिक्का हुन लागेको छ, निरासालाई उत्साहमा परिणत गर्न र परम्परालाई जोगाइ राख्न पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएका छौं ।
- ” मारवाडी यूवा अगुवा उज्जवल काबराले होलीमा उत्साह जगाउन आफूहरु समूह बनाएर होली गित गाउँदै होलीको स्वागतमा लागेको सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया