महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०८१
|
|
४० पटक हेरिएको
Shares
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा

सारांश

  •     राजविराज नगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेको उक्त वडामा कसैले नगद त कसैले खाद्यान्न, कपडा तथा अन्य सरसामान दिएर सहयोग गरिरहेको उनको कथन छ ।
  •     महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त सन्त महन्थ तथा कथाबाचकको सहभागिता रहने उनले जानकारी दिएका छन् ।
  •     महायज्ञ अवधिभर ५ लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताएका उनले भारतको अयोध्याबाट रामकथा बाचिका देवी चन्द्रकला तथा रामजानकी पंचवटी तिर्थ स्थलका पीठाधीश बाबा भूतनाथ र उनका उत्तराधिकारी आचार्य गगन दास लगायतका सन्त महन्थबाट सिताराम नाम जप, राशलिला र रामलिला लगायतका धार्मिक कार्यक्रमहरु हुने समेत उनले जानकारी दिए ।

    राजविराज÷राजविराज नगरपालिका ९ मलेठ स्थित श्री रामजानकी पञ्चवटी तिर्थस्थलमा चैत १७ आईतवार देखि शुरु हुने नौ कुण्डिय विष्णु महायज्ञको पुर्व सन्ध्यामा शनिवार सयौंको सहभागितामा कलश यात्रा निकालिएको छ ।
    स्थानिय श्री रामजानकी पञ्चवटी तिर्थस्थलबाट निस्केको कलशयात्रामा प्रचण्डगर्मी र घामको परवाह नगरी ठूलो संख्यामा महिला÷पुरुष सहभागि भए । सहभागिहरुले सोही तिर्थस्थलमा रहेको पोखरीबाट पवित्र जल भरेर कलश यात्रामा निस्केका थिए ।
    महायज्ञ आयोजक मूल समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष जवाहर यादवले चैत १७ देखि शुरु हुने महायज्ञका लागि उक्त तिर्थस्थलमा सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । विश्वकल्याण हेतु तथा सनातन धर्मको रक्षागर्ने उद्देश्यले नौ कुण्डिय विष्णु महायज्ञको आयोजना गर्न लागिएको उनको भनाई छ । रोचक कुरा के छ भने उक्त रकम सोही वडावासीबाट जुटाउने आयोजकको तयारी छ । “हामी अन्य वडा, पालिका, कार्यालय र संघ संस्था कतैबाट पनि चन्दा र सहयोग लिएका छैनौं, अध्यक्ष यादवले भने,–सबै खर्च वडाकै बासिन्दाबाट जुटाउने काम भइरहेको छ ।”
    राजविराज नगरपालिकामा सबैभन्दा बढी जनसंख्या रहेको उक्त वडामा कसैले नगद त कसैले खाद्यान्न, कपडा तथा अन्य सरसामान दिएर सहयोग गरिरहेको उनको कथन छ ।
    महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त सन्त महन्थ तथा कथाबाचकको सहभागिता रहने उनले जानकारी दिएका छन् ।
    महायज्ञ अवधिभर ५ लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताएका उनले भारतको अयोध्याबाट रामकथा बाचिका देवी चन्द्रकला तथा रामजानकी पंचवटी तिर्थ स्थलका पीठाधीश बाबा भूतनाथ र उनका उत्तराधिकारी आचार्य गगन दास लगायतका सन्त महन्थबाट सिताराम नाम जप, राशलिला र रामलिला लगायतका धार्मिक कार्यक्रमहरु हुने समेत उनले जानकारी दिए ।
    यज्ञलाई भव्य वनाउनका लागि धार्मिक कार्यक्रमका साथै मनोरञ्जनका लागि झुला, मौतका कुवाँ, सर्कस लगायतका विभिन्न खेल तमाशा समेतको व्यवस्था गरिएको मूल आयोजक समितका सचिव भूपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
    महायज्ञको उदघाटन आयोजक समितिका सल्लाहकार समेत रहेका राजविराज नगरपालिकाका मेयर (हाल निलम्बित अवस्था) भिमराज यादवले गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।
    महायज्ञ भव्य र सभ्य बनाउन स्थानिय समाजसेवी अशोक कुमार मेहता श्रीलाल यादव, प्रदीप यादव, रामचन्द्र यादव, राधेश्याम यादव, भोला यादव, पुनम यादव, जुल्मी यादव, रामु यादव र सिताराम यादव सहित ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
    त्यस्तै महायज्ञ स्थलमा ५२ अवतार भएको १०८ तथा विभिन्न देवी देवताका गरि कूल १५१ वटा मुर्ती निर्माण गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
प्रजातन्त्र दिवसमा प्रभातफेरी
प्रजातन्त्र दिवसमा प्रभातफेरी
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
चेतनाको अभावमा कुपोषण दर बढ्यो