प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी

राजविराज राजविराज
|
सोमबार, बैशाख ८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी

सारांश

  •     ऐनको आभावमा प्रतिष्ठानको काम कारवाही अगाडी बढन नसकिरहेको जानकारी गराउँदै अध्यक्ष डा.
  • चौधरीले भने–“रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको ४ बर्ष बित्न लाग्दा सम्म प्रतिष्ठानको ऐन नबनेर शिक्षण, अध्यापन वा भौतिक पूर्वाधार निर्माण सम्बन्धी कुनै काम हुन सकि रहेको छैन ।
  • ”      नेपालकै प्रथम गणतन्त्रवादी नेता रहनु भएका रामराजा प्रसाद सिंहको स्मृति चीरस्थायी बनाउन, मधेश सहित नेपालकै सर्वसाधारण आम नागरिकलाई सहज र सुलभ किसिमले स्वास्थ्य सेवा पु¥याउन तथा देश कै लागी दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न स्थापना गरिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बि.

सतीश कुमार 
राजविराज, ७ बैशाख ।

    रामाराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन यसै आ.ब.मा टुङ्गो लाग्ने गरी निर्माणको अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीले बताएका छन ।
    ऐनको आभावमा प्रतिष्ठानको काम कारवाही अगाडी बढन नसकिरहेको जानकारी गराउँदै अध्यक्ष डा. चौधरीले भने–“रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको ४ बर्ष बित्न लाग्दा सम्म प्रतिष्ठानको ऐन नबनेर शिक्षण, अध्यापन वा भौतिक पूर्वाधार निर्माण सम्बन्धी कुनै काम हुन सकि रहेको छैन ।” 
    नेपालकै प्रथम गणतन्त्रवादी नेता रहनु भएका रामराजा प्रसाद सिंहको स्मृति चीरस्थायी बनाउन, मधेश सहित नेपालकै सर्वसाधारण आम नागरिकलाई सहज र सुलभ किसिमले स्वास्थ्य सेवा पु¥याउन तथा देश कै लागी दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न स्थापना गरिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बि.सं. २०८०मा सरकारद्वारा गठन आदेश जारी भए पछि मात्र ऐन निर्माणको कार्यले गति लिएको चर्चा गर्दै अध्यक्ष चौधरी भन्छन,“संसदमा ऐन पेश गर्नु पूर्व अन्तिम चरणमा कानून मन्त्रालयले निर्माणको लागि तैआर गरिएको ऐनको मस्यौदा लाई सबै क्षेत्रबाट सल्लाह सुझावको लागि केही निश्चित दिनको लागि सार्वजनिक गर्नु पर्ने हुन्छ र शुक्रबार प्रतिष्ठानको ऐनको प्रस्तावित मस्यौदा कानून मन्त्रालयद्वारा सुझावको लागि सार्वजनिक गरिएको अन्तिम दिन थियो । 
    अब नागरिक र विज्ञबाट आएको सुझावहरुलाई संश्लेषण गरी सो को आधारमा गर्नु पर्ने आवश्यक सुधार गरी कानून मन्त्रालयले मस्यौदा नेपाल सरकारमा पेश गर्ने र कैबिनटले सो मस्यौदा पारित गरी संसदमा पेश गर्ने अनि मात्र संसदले पारित गरी प्रस्तावित ऐनको मस्यौदाले ऐनको रुप लिन्छ ।”
     नागरिक समाज, बुद्धिजीवि, राजनीतिक दलहरुका प्रतिनिधिहरु सँग आवश्यक छलफलका क्रममा प्रतिष्ठानका अध्यक्ष चौधरीले अब राजनीतिक दलहरुका लागि प्रयास गर्ने महत्वपूर्ण समय आएकोले सक्रिय भई प्रतिष्ठानको पक्षमा लबिङ्ग गर्न राजनीतिक दलहरु लाग्नु पर्ने बताएका छन । सरकारले अझै प्रतिष्ठानलाई बहुबर्षिय योजनामा नराखेको र बातबरणीय प्रभाव आकलनको एन.ओ.सी. नदिएको कारणले प्रतिष्ठानको लागि सरकारले विनियोजन गरेको बजेटको समेत सदुपयोग हुन नसकिरहेको दुखेसो गर्दै डा. चौधरीले भने यी सबै चुनौतीको बाबजुद पनि यहाँका नागरिक समाज र सरोकारवालाहरुले सकारात्मक प्रयास गरे आउँदो आर्थिक बर्षबाट प्रतिष्ठानका गतिविधिले मूर्त लिनेमा हामी आशावादी छौं ।
    स्मरण रहोस बर्ष २०७६÷०७७ मा वर्तमान प्रधानमन्त्री रहेका के.पी. ओली नै प्रधानमन्त्री र सप्तरीबाट तत्कालिन समयमा साँसद र सरकारमा स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादवद्वारा शुरु हुने घोषणा गरिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको श्रेय लिन प्रधानमन्त्रीको पार्टी ने.क.पा. एमाले र उपेन्द्र यादवको पार्टी जसपा नेपाल बिच प्रतिस्पर्धा नै चलेको थियो । अहिले पनि नेकपा एमाले कै नेतृत्वमा सरकार रहेकोले प्रतिष्ठानको रोकिएको कामले गति लिनेमा जानकारहरु आशावादी रहेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह