दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
दुई दिनअघि मृत अवस्थामा फेला परेका १५ वर्षिय सहनबाज शेखका आफन्तले घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग गरेका छन ।
राजविराज ६ पुर्णी पोखरी टोल निवासी सहनवाजको दुई दिन अघि मृत्यु भएको थियो ।
राजविराज ३ स्थित कल्टुदास पोखरीको डिलमा अचेत अवस्थामा रहेको भन्दै स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले उनलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिह अस्पताल पु¥याएका थिए । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।
बाहिरी चोट खासै नदेखिए पनि आईतवार पोस्टर्माटम कक्षमा राखेर परिक्षण गर्दा घाँटी र हातको भित्री भागमा चोट देखिएपछि थप परिक्षण र पोस्टर्माटमका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डा.अमित यादवले बताए ।
मृतकका आमा सोनी खातुनले घटनाका दिन राती ७ः४५ बजे तिर छोरा सहनवाजको मोवाइलमा कसैले फोन गरेको बताइन् । छोराले केही बेरमा आइहाल्छु भन्दै घरबाट निस्केको उनको भनाई छ ।
राजविराज ८ स्थित पिसल्याण्ड बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत छोरालाई कसैले कुटपीट गरी मारेको हुन सक्ने आशंका उनका बुवा सनावरले गरेका छन । रातीको समयमा सहनावाजलाई मोवाइलमा फोन गर्ने ब्यक्तिको थिए ? र किन बोलाएका थिए ? भन्ने तर्फ पनि अनुसन्धान अघि बढाउनु पर्ने परिवारजनको माग छ ।
वडा अध्यक्ष शशी चौधरीले पनि सहनवाजको मृत्यु प्रकरणबारे सुक्ष्म अनुसन्धान हुनुपर्ने बताएका छन ।
प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले प्रारम्भिक अनुसन्धानमा कुटपिटबाट नभई लडेर उनको मृत्य भएको पाइएको बताएका छन । यद्यपी अनुसन्धान कार्य जारी रहेको उनको भनाई छ ।
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
सारांश
- राजविराज ६ पुर्णी पोखरी टोल निवासी सहनवाजको दुई दिन अघि मृत्यु भएको थियो ।
- राजविराज ३ स्थित कल्टुदास पोखरीको डिलमा अचेत अवस्थामा रहेको भन्दै स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले उनलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिह अस्पताल पु¥याएका थिए ।
- जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया