उमावि शिक्षाका लागि भवन निर्माण हुँदै

राजविराज राजविराज
|
बुधबार, बैशाख १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै

सारांश

  •     गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले बुधवार विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
  •       संघीय सरकारको ६३ लाखको रुपैयाँको अनुदान सहयोग तथा गाउँपालिकाको साझेदारीमा चार कोठे कक्षा भवन निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष मण्डलले जानकारी दिए ।
  •       शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले आफु पालिकाको शैक्षिक, सामाजिक, स्वास्थ, कृषि र विकास निर्माणका विभिन्न गतिविधिलाई प्राथमिक्तामा राखेको भन्दै पालिकामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 

    सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४ स्थित जनता मावि बेल्ही चपेनामा उच्च माध्यमिक शिक्षाका लागि आवश्यक कक्षा कोठा भवनको निर्माण कार्य शुरु भएको छ । 
    गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले बुधवार विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । 
    संघीय सरकारको ६३ लाखको रुपैयाँको अनुदान सहयोग तथा गाउँपालिकाको साझेदारीमा चार कोठे कक्षा भवन निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष मण्डलले जानकारी दिए । 
    शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले आफु पालिकाको शैक्षिक, सामाजिक, स्वास्थ, कृषि र विकास निर्माणका विभिन्न गतिविधिलाई प्राथमिक्तामा राखेको भन्दै पालिकामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
    शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर मण्डल, वडा अध्यक्ष अशोक साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, समाजसेवी घनश्याम मण्डल, ब्रहमदेव मण्डल, नारायण मण्डल, दुनियालाल मण्डल, रामप्रकाश मण्डलको लगायतको उपस्थिती रहेको थियो । उक्त विद्यालयमा हाल १० कक्षा सम्मको पढाई मात्र हुने गरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
दृष्टिविहिन भोल्वी विचल्लीमा
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
मन्त्री साहद्वारा श्रद्धाञ्जली
मन्त्री साहद्वारा श्रद्धाञ्जली
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग