लक्ष्मीको हत्या भएको परिवारको दाबी

राजविराज राजविराज
|
सोमबार, जेठ १९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
लक्ष्मीको हत्या भएको परिवारको दाबी

सारांश

  •     विराटनगरस्थित नोबेल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत उनी अस्पताल नजिकै डेरा लिई वसेको कोठामा जेठ १२ गते मृत अवस्थामा फेला परेकी थिइन ।
  •     सिलिङ फ्यानमा गम्छा र साडी जोडेर बनाइएको पासो घाँटीमा लगाएर झुण्डिएको अवस्थामा उनको मृत शरीर प्रहरीले फेला परेको थियो ।
  •       सोमवार मृतका वुवा हनुमान मण्डलले राजविराजमा संचारकर्मीहरुलाई भेटेर हत्यालाई आत्महत्या देखाउन मारेपछी झुण्ड्याइएको दाबी गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 

    सप्तरीको महादेवा गाउँपलिका २ की २४ वर्षिया लक्ष्मी कुमारी मण्डलको आत्महत्या नभई हत्या भएको परिवारजनले दाबी गर्दै आएका छन् ।  
    विराटनगरस्थित नोबेल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत उनी अस्पताल नजिकै डेरा लिई वसेको कोठामा जेठ १२ गते मृत अवस्थामा फेला परेकी थिइन ।
    सिलिङ फ्यानमा गम्छा र साडी जोडेर बनाइएको पासो घाँटीमा लगाएर झुण्डिएको अवस्थामा उनको मृत शरीर प्रहरीले फेला परेको थियो । 
    सोमवार मृतका वुवा हनुमान मण्डलले राजविराजमा संचारकर्मीहरुलाई भेटेर हत्यालाई आत्महत्या देखाउन मारेपछी झुण्ड्याइएको दाबी गरेका छन । 
    छोरी एक्लै भएको मौका छोपी अर्काे कोठामा रहेका उनकै साथीहरु मध्ये कोही भेन्टिलेशनबाट छिरेर छोरीलाई मारेर झुण्ड्याइएको उनको दाबी छ । लक्ष्मी बस्ने कोठमा ठूलो भेन्टिलेशन रहेको र एक्कै पल्ट दुई जना सम्म मान्छे छिर्ने अवस्थामा रहेको भन्दै उनले घट्नाको सत्यतथ्य छानवीन र दोषीलाई कारवाही हुनु पर्ने माँग गरेका छन । 
    हत्या हुनु एक घण्टा अघि बजारबाट तरकारी किनेर ल्याएको र आफुहरुसंग फोनमा कुरा गरेको भन्दै मृतकका भाई लव प्रकाशले बताए । उनले घट्नाबारे दिदी कै साथी रुबी चौधरीले जेठ १३ गते विहान फोन गरेपछी आफुहरु विराटनगर पुगेको र त्यस पछी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपनि प्रहरीले छानवीनमा वेवास्ता गरेको आरोप लगाए ।
    उनका अनुसार दिदी झुण्डीएको देखिएपनि खुट्टा भूईमा लत्रेको थियो । यस्तै दुबै पैताला कालो भएको थियो भने शरीरको विभिन्न भागमा निलडाम समेत देखिएको थियो । सुरुमा कुटपीट, त्यस पछी करेन्ट लगाएर मारी झुण्ड्याइएको सहजै अनुमान सबैले गरे पनि प्रहरीले अनुसन्धानमा सक्रियता नदेखाएको उनले भने । 
    उनले न्यायका लागी परिवारजनले सञ्चारकर्मीसंगै मानवअधिकारकर्मी र सप्तरी प्रहरीलाई समेत भेटेर पहल गरिदिन आग्रह गरेका छन । 
    सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङ जिल्ला रहेकाले आपृmु त्यहाँका प्रहरी अधिकारी संग समन्वय गरी सत्यतथ्य अनुसन्धानका लागी पहल गर्ने आश्वासन दिएको परिवारजनले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन