दैनिक समाचारदाता
राजविराज, १६ असार ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट कैद सजाय तोकी फरार रहेका दुई जना अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चोरी मुद्दाका राजविराज नगरपालिका १३ का दिपेन्द्र प्रसाद देव र वडा नं. १५ का प्रमोद भन्ने कारी यादव छन् । चोरी मुद्दामा देवलाई सप्तरी जिल्ला अदालतले २७ दिन तथा यादवलाई एक महिना ६ दिन कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सोमबार सप्तरी जिल्ला अदालतबाट चोरी मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
अदालतको फैसलापछी फरार रहेका उनीहरुलाई खोजतलासका क्रममा गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
सारांश
- पक्राउ पर्नेमा चोरी मुद्दाका राजविराज नगरपालिका १३ का दिपेन्द्र प्रसाद देव र वडा नं.
- १५ का प्रमोद भन्ने कारी यादव छन् ।
- चोरी मुद्दामा देवलाई सप्तरी जिल्ला अदालतले २७ दिन तथा यादवलाई एक महिना ६ दिन कैद सजाय तोकेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया