दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कुशहा बजारमा शुक्रबार मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा एक म्याजिकमा सवार यात्रुको मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका ५ मसिलाल स्कुल अगाडी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को.१ ख.२१२० नं. को ट्रकले सोही दिसाबाट जादै गरेको ना.१ ज.५५५६ नं. को म्याजिकलाई पछाडिबाट ठक्कर दिदा म्याजिकमा सवार ६५ वर्षिया हदिसा खातुनको मृत्यु भएको हो ।
सो दुर्घटनामा गम्भिर घाईते भएकी खातुनलाई सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मिनी ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार खातुनको मृत्यु
सारांश
- सुरुङ्गा नगरपालिका ५ मसिलाल स्कुल अगाडी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को.
- १ ख.
- २१२० नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
ठगिको आरोपमा पक्राउ परेका हनुमानी बिरुद्ध प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीको अनुरोध
मैथिली भाषाको पठनपाठन सुरु गर्न स्थानीय सरकारसँग माग
अग्निपीडितलाई राहत प्रदान
मालपोत कार्यालय अगाडीका अवैध टहरा हटाइँदै
सप्तरीका १६ खेलाडीसहित राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारोत्तोलन खेलाडी चयन
हटियामा शौचालय निर्माण गर्नेतर्फ नगरपालिका गम्भीर बन
स्थापनाको ५० वर्षको अवसरमा राजदेवी माविले स्वर्ण जयन्ती मनाउने
प्रतिक्रिया
० प्रतिक्रिया