जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरी, संघीय लोकतान्त्रिक मोर्चा जिल्ला समिति सप्तरीसहितका विभिन्न संघसंस्थाले जेनजी आन्दोलनका सहिदहरुको सम्मानमा दिपप्रज्वलन गरेको हो ।
  •       नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा महासंघका कार्यालय अगाडि मौनबती बालेर जेनजी सहिदहरुको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
  •       पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, आम संचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष वैजनाथ झा, प्रेस काउन्सीलका पूर्व सदस्य देवराम यादव, पत्रकार आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिलगायतका राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १ भदौ । 

    जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा राजविराजमा बुधबार दिप प्रज्वलन गरिएको छ । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरी, संघीय लोकतान्त्रिक मोर्चा जिल्ला समिति सप्तरीसहितका विभिन्न संघसंस्थाले जेनजी आन्दोलनका सहिदहरुको सम्मानमा दिपप्रज्वलन गरेको हो । 
    नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा महासंघका कार्यालय अगाडि मौनबती बालेर जेनजी सहिदहरुको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । 


    पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, आम संचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष वैजनाथ झा, प्रेस काउन्सीलका पूर्व सदस्य देवराम यादव, पत्रकार आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिलगायतका राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । 
    यसैगरी संघीय लोकतान्त्रिक मोर्चा सप्तरीको आयोजनामा जेनजी सहिदहरुको सम्मानमा दिपप्रज्वलन गरिएको छ । 
    राजविराजस्थित गजेन्द्र चौकमा भेला भएका संघीय लोकतान्त्रिक मोर्चा आवद्ध नेताकार्यकर्ताले गजेन्द्रनारायण सिंहको शालिक अगाडि मैनवती बालेर श्रद्धाञ्जली दिएपछि मैनवती बालेर पैदललै नेता चौकमा पुगेर दिप प्रज्वलन गरेका थिए । 
    उक्त अवसरमा मोर्चा आवद्ध केन्द्र, प्रदेश र जिल्लाका नेताकार्यकर्ता तथा विभिन्न भातृसंगठनका महिला, युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 
    जेनजी विद्रोहका सहिदहरुको स्मृतिमा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरि सार्वजनिक विदा घोषणा गरि राष्ट्रिय झण्डा झुक्याएर शोक दिवस मनाउने निर्णय गरेको थियो । 
    गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १९ जना तथा उपचारको क्रममा गरि ७४ जनाको मृत्यु भएको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन
अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन
पुष्पलालको स्मृति दिवसमा रक्तदान
सडकमै ढलेर बृद्धको मृत्यु 
सडकमै ढलेर बृद्धको मृत्यु 
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
जनमूखी व्यवसायीक कृषि क्षेत्रतर्फ उन्मूख हुँदै
जनमूखी व्यवसायीक कृषि क्षेत्रतर्फ उन्मूख हुँदै