दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ । केही दिन अघिसम्म निरन्तर परेको पानीले गाउँपालिकाका विभिन्न वडाका बाटोमा हिलो जम्ने समस्या देखिएपछि रातिको समयमा पनि बाटो मर्मतको काम थालिएको हो ।
दशैंको सुरुवात सँगै बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
आईतबार राति अवेरसम्म वडा नं. ३ स्थित कटैयाको कृषि सडक अध्यक्ष यादवको उपस्थितीमा मर्मत गरिएको छ । केही ठाउँमा अझै काम अधुरा रहेकाले त्यसलाई पुरा गर्न आफु सक्रियताका साथ लागेको अध्यक्ष यादवले बताए ।
बाटोमा हिलैहिलो भएपछि सडकमा आवत जावत गर्न सर्वसाधारणलाई सममस्या हुँदै आएको थियो । त्यहाँका जनताले दवाव दिंदा सोमबार राति सडक मर्मत गरिएको नेपाली काँग्रेस रुपनी गाउँपालिकाका सचिव ज्ञानेन्द्र ईसरले बताए ।
उनले रातिको समयमा पनि गाउँपालिकाका अध्यक्ष आफै उपस्थित भई काम अगाडि बढाएको देखेर स्थानीयवासीले पनि खुसी व्यक्त गरेको प्रतिक्रिया दिएका छन् । पालिकाले सडक बनाइ दिएपछि स्थानीय राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनताले अध्यक्ष यादवप्रति धन्यवाद समेत दिए ।
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
सारांश
- दशैंको सुरुवात सँगै बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
- आईतबार राति अवेरसम्म वडा नं.
- ३ स्थित कटैयाको कृषि सडक अध्यक्ष यादवको उपस्थितीमा मर्मत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया