रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते

सारांश

  •     बिहीबार राति १० बजेतिर स्थानिय ललित यादवको घरमा जडान भएको विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा निभाउने क्रममा स्थानिय श्याम सुन्दर यादव जलेर घाईते भएका छन् ।
  • आगलागिबाट उक्त टोलका यादवसहित ६ जनाको घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       आगो निभाउने क्रममा घाइते भएका २८ बर्षीय यादवको सोही पालिकास्थित मधेश प्रदेश प्रहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 

    सप्तरीको रुपनी गाउँपालिका १ मा बिहीबार राती आगलागी हुँदा एक जना जलेर घाईते भएका छन भने लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
    बिहीबार राति १० बजेतिर स्थानिय ललित यादवको घरमा जडान भएको विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा निभाउने क्रममा स्थानिय श्याम सुन्दर यादव जलेर घाईते भएका छन् । आगलागिबाट उक्त टोलका यादवसहित ६ जनाको घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगो निभाउने क्रममा घाइते भएका २८ बर्षीय यादवको सोही पालिकास्थित मधेश प्रदेश प्रहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए । 
    आगलागीबाट स्थानिय ललित यादवको बाँसको टाटीको बेरा र टिनको छानो भएको दुइवटा घर, एक तोला सुन, १० तोला चाँदी, नगद ५० हजार रुपैयाँ, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र चौपाया जलेर नष्ट हुँदा सात लाख ५५ हजारको क्षति भएको छ ।
    सोही ठाउँका सुनिल यादवको बाँसको टाटीको बेरा, टिनको छानो भएको दुइवटा घर, तीन तोला सुन र ५० तोला चाँदीको गरगहनाका साथै नगद ३ लाख रुपैयाँ, अन्नपात, भाडा बर्तनसमेत जलेको प्रहरीको भनाई छ ।
    यस्तै छिमेकी श्याम सुन्दर यादवको बाँसको टाटीको बेरा, टिनको छानो भएको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, नगद २ लाख रुपैयाँ अन्नपात, भाडा बर्तन, लत्ता कपडा पशु चौपाया गरी पन्ध्र लाख पैसठ्ठी हजार रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।
    यस्तै पार्वती देवी यादवको तीन तोला सुन, एक सय तोला चाँदीको गरगहना, नगद ७५ हजार रुपैयाँ, लत्ता कपडा गरी दश लाख पैसठ्ठी हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    शुक्रबार राति १० बजे शुरु भएको आगो राजविराज स्थित बरखगण भलुवाही ब्यारेक बाट प्रमुख सेनानी शोवित बहादुर चन्द सहित १७ जनाको टोली, नेपाल प्रहरी, सशस्त्र पÞहरी, कञ्चनरुप नगरपालिकाको दमकल र स्थानियवासीको मद्दतले तीन घण्टाको प्रयासपछी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
आईडियलको २ करोड ५० लाख मुनाफा
आईडियलको २ करोड ५० लाख मुनाफा
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
कुहिएको बदाम ड्रिङ्स फेला 
कुहिएको बदाम ड्रिङ्स फेला 
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह