दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ मा प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । पक्राउ परेका तीनैजना उपर कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।
बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका १ गोबिन्दचोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरुले ढुंगामुढा गरिरहेको जानकारी आफुलाई आएपछि प्रहरीलाई खवर गरेको वडा अध्यक्ष जिवछ साहले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर उनीहरुबाट प्रहरीमाथि नै हातपात र गिट्टी र ढुंगा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।
घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका हुन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ । उनको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने र रञ्जितको सामान्य उपचार गरिएको छ । घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले बताए ।
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
- प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
- पक्राउ परेका तीनैजना उपर कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया