दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
सप्तरी उद्योग बाणिज्य संघले नेपाल सरकार मन्त्री परिषद कात्तिक १७ गतेको निर्णयले जिल्लामा स्थापित करदाता सेवा कार्यालय खारेजको बिरुद्ध बिरोधका कार्यक्रम घोषणा गरेको छ ।
संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा शुक्रबार जारि विज्ञप्तिमा २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन गर्ने बिरोधका कार्यक्रमहरु तय गरिएको उल्लेख छ ।
यस्तै २७ गते ४ वजे संकलित हस्ताक्षरको तुल गजेन्द्र नारायण सिंह चौकबाट मौन जुलुससहित प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
उक्त बिरोधका कार्यक्रमहरुका लागि सुरेन्द्र यादवको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । जसमा सदस्यहरु वैजनाथ जोशी, सचिन्द्र दास, सन्तोष कुमार सिन्हा, सुरेन्द्र प्रसाद साह, भोगेन्द्र मिश्र, जितेन्द्र प्रसाद गुप्ता, विजय देव र निर्मल कुमार मुन्धडा रहेका छन् ।
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
सारांश
- संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा शुक्रबार जारि विज्ञप्तिमा २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन गर्ने बिरोधका कार्यक्रमहरु तय गरिएको उल्लेख छ ।
- यस्तै २७ गते ४ वजे संकलित हस्ताक्षरको तुल गजेन्द्र नारायण सिंह चौकबाट मौन जुलुससहित प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
- उक्त बिरोधका कार्यक्रमहरुका लागि सुरेन्द्र यादवको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया