सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, मंसिर २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो ।
  • पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन्‌ ।
  •     नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको बिशेष सुराकीको आधारमा २ सय ४० बोरा मलसहित आईतबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन्‌ ।

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 

    रसायनिक मल कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले एक सहकारी संस्थाका संचालकलाई पक्राउ गरेको छ ।
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन्‌ ।
    नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको बिशेष सुराकीको आधारमा २ सय ४० बोरा मलसहित आईतबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन्‌ ।
    ना.६ख.६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको १ सय ३० बोरा, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको १ सय १० बोरा जम्मा २ सय ४० बोरा मल र ट्रक सहित नियन्त्रमा लिएको उनले बताए ।
    पक्राउ परेका यादवलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
मालपोत कार्यालयमा बढ्दो भ्रष्टाचारप्रति प्रदेशसभा सदस्य साहको चासो 
मालपोत कार्यालयमा बढ्दो भ्रष्टाचारप्रति प्रदेशसभा सदस्य साहको चासो 
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
रुपनी र डाक्नेश्वरी बिजयी
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक