दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
जंगली अर्ना मारेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका ५ का १६ वर्षिय सुन्दर सरदार र उनका साथी शम्भुनाथ नगरपालिका ५ का १९ वर्षिय सागर सरदार छन् ।
जंगली अर्ना मारेको गोप्य सूचनाको आधारमा बुधबार साँझ पुगेको कोशी टप्पु बनयजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी र सेनाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरु कंचनरुप नगरपालिकाको पिपराही वन क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।
स्थानीय सत्य नारायण सरदारको घर बारीमा परालले छोपेको अवस्थामा अर्नाको छाला, खुट्टा र हड्डीहरु बरामद भएको भन्दै नियन्त्रणमा लिईएका दुवैजनालाई अनुसन्धानका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष लगिएको प्रहरी नायब उपरिक्षक काफ्लेले बताए ।
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका ५ का १६ वर्षिय सुन्दर सरदार र उनका साथी शम्भुनाथ नगरपालिका ५ का १९ वर्षिय सागर सरदार छन् ।
- जंगली अर्ना मारेको गोप्य सूचनाको आधारमा बुधबार साँझ पुगेको कोशी टप्पु बनयजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी र सेनाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
- उनीहरु कंचनरुप नगरपालिकाको पिपराही वन क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया