सप्तरी २ बाट उम्मेदवारी  दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सप्तरी २ बाट उम्मेदवारी  दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह

सारांश

  •     उनले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिए ।
  • राजनीतिमा लामो समयदेखि सक्रिय रहेका पूर्वमुख्यमन्त्री सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
  •       स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा भने अध्यक्ष पदमा पराजित भए ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    उनले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिए । राजनीतिमा लामो समयदेखि सक्रिय रहेका पूर्वमुख्यमन्त्री सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । 
    स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा भने अध्यक्ष पदमा पराजित भए ।
    यता स्थानीय तहको निर्वाचनमा पराजयपछि उनी प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नं. २ (क) बाट विजयी भएसँगै उनी मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भए । 
    प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरी र मधेशको समग्र विकास, नागरिकका हकअधिकार तथा पहिचानको सवाललाई राष्ट्रिय स्तरमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत