डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए

राजविराज राजविराज
|
बुधबार, माघ ७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए

सारांश

  •     कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं.
  • २ को उम्मेदवार बनेका हुन् ।
  • ५२ वर्षिय डा.

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।

    राजविराज १३ विषहरिया निवासी डा. दिपक चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा उत्रेका छन् । उनी हालै नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिई राजनीतिमा होमिएका हुन् । 
    कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार बनेका हुन् । ५२ वर्षिय डा. चौधरी उक्त पार्टीका केन्द्रिय सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेतृत्व विकासमा विद्यावारिधी (पिएचडी) गरेका उनलाई उज्यालो पार्टी नेपालले चुनाव लड्न टिकट दिएपछी जागिर छाडेका हुन् ।
    बुधबार राजविराजस्थित राजदेवी मन्दिर चौकमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले देश निर्माणका लागि सही व्यक्ति चयन हुन आवश्यक रहेको बताए । राष्ट्रिय, अन्तराष्ट्रिय अध्ययन, अनुसन्धान तथा मधेश आन्दोलन र मधेशको अवस्था बारे थुप्रै लेख, रचना र पुस्तक लेखेका डा. चौधरी मुलुकमा भ्रष्टाचार र गलत नेतृत्वलाई विकासको प्रमुख बाधक मान्छन् । 
    उक्त अवसरमा पार्टीका जिल्ला संयोजक डा. सुर्य प्रसाद यादव, सह–संयोजक श्रीप्रसाद चौधरी, प्रकाश चन्द्र चौधरी, सत्यनारायण देव, कान्तिदेवी राम, क्षेत्र नं. ३ का उमेदवार परमेश्वरलाल साह र क्षेत्र नं. ४ का उमेदवार बिसोकुमार यादवसहितको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै 
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै 
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो